२० असार २०८३, शनिबार

आजदेखि डेंगु नियन्त्रणका लागि ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान

बैशाख १५, २०८०
आजदेखि डेंगु नियन्त्रणका लागि ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

‘डेंगु संक्रमण नियन्त्रणका लागि शुक्रवारदेखि हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वाय रूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

गत वर्ष डेंगु संक्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्