२८ असार २०८३, आइतबार

चीनतर्फका सबै नाका खुला हुने

बैशाख १८, २०८०
चीनतर्फका सबै नाका खुला हुने

 लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् । 

भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका सोमबारदेखि खुला हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्