३० असार २०८३, मंगलबार

क्यानडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गरेको आरोपमा पूर्वमाओवादी कमान्डर पक्राउ

असार २८, २०८३
काठमाडौं
क्यानडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गरेको आरोपमा पूर्वमाओवादी कमान्डर पक्राउ

क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले चौधरीले प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म उठाएर विदेश नपठाएको जनाएको छ।

पीडितको उजुरीपछि फरार रहेका चौधरीलाई पक्राउ गरिएको हो। उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइने प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्