
एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध भएको छ ।
नेपाल र यूएईबीच कीर्तिपुरमा जारी खेल दोस्रोपटक वर्षाले अवरुद्ध भएको हो । यसअघि केहीबेर रोकिएको खेल पुन: सुचारु भएको थियो ।
२७ ओभर ३ बलमा यूएईले ९ विकेट गुमाएर १०६ जोड्दा खेल फेरि अवरुद्ध भएको हो ।
अन्तिम २ बलमा यूएईले लगातार २ विकेट गुमाएको छ । ललित राजवंशीले ४६ रन बनाएका आसिफ खान र रनको खाता नै खोल्न नपाएको जहुर खानलाई आउट गरेका हुन् ।
यसअघि आर्यन लाक्रा १३, मोहम्द वासीम ११, बसिल हमीद १० रन बनाएर आउट भएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि ललित राजवंशीले ३, सन्दीप लामिछाने र करन केसीले समान २ तथा गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिए ।
यो खेल जित्ने टोली भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नका लागि छनोट हुनेछ ।