२८ असार २०८३, आइतबार
एसीसी प्रिमियर कप फाइनल

कीर्तिपुरमा अचम्मको 'क्रिकेट क्रेज' : भारी वर्षाको पर्वाह नगरी छाता ओढेर खेलको पर्खाइमा

बैशाख १८, २०८०
कीर्तिपुरमा अचम्मको 'क्रिकेट क्रेज' : भारी वर्षाको पर्वाह नगरी छाता ओढेर खेलको पर्खाइमा

एसीसी मेन्स प्रिमियर कपअन्तर्गत यूएईविरुद्धको फाइनल खेलका क्रममा कीर्तिपुरस्थित टीयू मैदानमा समर्थकको अचम्मको 'क्रिकेट क्रेज' देखिएको छ ।

२७ ओभर ३ बलमा यूएईले ९ विकेट गुमाएर १०६ रन जोड्दा खेल वर्षाले अवरुद्ध भए पनि समर्थकले मैदान छाडेका छैनन् । पानी रोकिने र पुन: खेल हुने आशामा समर्थकहरू छाताको सहारामा बसिरहेका देखिन्छन् ।

nullखेल आजै दोस्रोपटक वर्षाले अवरुद्ध भएको हो । यसअघि केहीबेर रोकिएको खेल पुन: सुचारु भएको थियो ।

वर्षा हुनुअघि अन्तिम २ बलमा यूएईले लगातार २ विकेट गुमाएको थियो । ललित राजवंशीले ४६ रन बनाएका आसिफ खान र रनको खाता नै खोल्न नपाएको जहुर खानलाई आउट गरेका हुन् ।

null

यसअघि आर्यन लाक्रा १३, मोहम्द वासीम ११, बसिल  हमीद १० रन बनाएर आउट भएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशीले ३, सन्दीप लामिछाने र करन केसीले समान २ तथा गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिए ।

यो खेल जित्ने टोली भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नका लागि छनोट हुनेछ ।

null

null

null

null

तस्वीरहरू : नेपाल क्रिकेट संघ क्यानको फेसबूक पेज

salt training

कमेन्ट गर्नुहोस्