१६ असार २०८३, मंगलबार

पुराना उपकरण प्रयोग गरेपछि मात्र नयाँ उपकरण किन्न स्वास्थ्यमन्त्रीको निर्देशन

बैशाख २४, २०८०
पुराना उपकरण प्रयोग गरेपछि मात्र नयाँ उपकरण किन्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् । 

मन्त्रालयमा आज कर्मचारीलाई निर्देशन दिँदै उनले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका हुन् । “उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुप¥यो ?” उनले भने, “अहिले भएका पुराना उपकरण के कस्ता कहाँ रहेका छन् । तिनीहरू बनाएर प्रयोग नगरेसम्म खरिद प्रक्रियामा जानु हुँदैन ।” 

उनले एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे आफूलाई जानकारी गराउनसमेत निर्देशन दिए । उनले स्वास्थ्य मन्त्रालयल संवेदनशील भएकाले जभाभावी बिदामा पनि नबस्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री बस्नेतले आफू सफल हुनु भनेको कर्मचारीले राम्रो काम गरेपछि हुने भन्दै कर्मचारीलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्