मलेसियाको राजधानी क्वालालम्पुरबाट भारतको चेन्नई आउँदै गर्दा लगेजमा २२ वटा सर्प बोकेकी एक महिला पक्राउ परेकी छन् ।
ती महिलाले सबै सर्पलाई एउटा झोलामा राखेर ल्याएकी थिइन् । अनौठो कुरा त, ती सर्पहरू क्वालालम्पुर विमानस्थलको स्क्यानिङ मशिनमा देखिएनन् । अनि त्यहाँका सुरक्षा अधिकारीहरूले पनि लगेज चेकजाँच गरेनन् ।
चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरूले चाहिँ लगेजमा सर्प रहेको पत्ता लगाएर महिलालाई पक्राउ गरे ।
धेरैवटा सर्प भएकाले समात्नका लागि सपेरा बोलाउनुपरेको थियो ।
घटना अप्रिल २८ मा भएको हो ।
Indian customs foils plot to smuggle 22 snakes on a plane, preventing Hollywood from making another terrible meme movie pic.twitter.com/J6v7HNvrlh
— RT (@RT_com) May 8, 2023