२३ असार २०८३, मंगलबार

राजनीतिक र प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न सांसद रावलको माग

बैशाख २६, २०८०
राजनीतिक र प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न सांसद रावलको माग

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले हालसम्म उच्चतहमा रहेका राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् ।

राष्ट्रियसभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद रावलले अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गरी भ्रष्टाचार र अनियमितता छानबिन गर्न माग गरेकी हुन् ।

गरीब विद्यार्थीले फी तिर्न नसकेर आत्महत्या गर्नुपरेको, व्यापारीहरू ऋणका कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको, महंगी तथा भ्रष्टाचार बढेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले जनतामा व्याप्त निराशालाई आशामा परिणत गर्नुपर्ने आवश्यकता समेत औंल्याइन् । त्यसका लागि भ्रष्टाचारको छानबिन गरी कारवाही हुनुपर्ने उनको सुझाव छ ।

'हालसम्म उच्चतहमा रहेका राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गरौं,' सांसद रावलले भनिन्, 'अधिकारसम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी सम्पूर्ण भ्रष्टाचार र अनियमितता छानबिन गरी कानूनी कारवाहीको दायरामा ल्याउन सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।'

salt training

कमेन्ट गर्नुहोस्