पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
बैशाख २७, २०८०
तीस (२०३०) को दशकमा मार्सल आर्ट्सको जगजगी थियो । युवावस्थाका तन्नेरीमा उस्तै जोश पनि हुन्थ्यो । त्यो बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन)को विचार निकै क्रान्तिकारी थियो । अर्घाखाँचीमा नेकपा (पुष्पलाल समूह)ले २०३० फागुनमा चलाएको ‘हर्रेबर्रे काण्ड’बाट टोपबहादुर रायमाझीमा मार्सल आर्टस् र क्रान्तिकारी कम्युनिस्टहरूको प्रभाव पर्यो ।
‘हर्रेबर्रे काण्ड’ गाउँका सोझा र गरिब जनतालाई सामन्तको ऋणबाट मुक्त गर्न तमसुक च्यात्ने, जलाउने र पार्टीका लागि केही रकम जम्मा गरी हतियार किन्ने योजनाअन्तर्गत थियो । त्योबेला कक्षा ६ मा अध्ययनरत रायमाझीलाई एकैपटक हर्रेबर्रे काण्ड र अर्घाकोटको दरबारमा मूर्ति चोरीको आरोप लागेको थियो । ६ कक्षामा पढ्दै गर्दा उनी एक वर्ष पढाइ छाडेर गाउँमै लुकेर बसे ।
२०१७ साल कात्तिक २५ गते अर्घा खाडामा जन्मेका रायमाझीले झण्डै पाँच दशकको राजनीतिक यात्रामा अनेकन उतारचढाव ब्यहोरेका छन् । पछिल्लोपटक भने नक्कली शरणार्थी बनाई अमेरिका पठाउने ‘खेलोफड्को’मा संलग्न भनी आरोप लागेपछि रायमाझी एकाएक बेपत्ता भएका छन् । उनी कहाँ छन् उनीलाई थाहा होला । अहिले आलोचना र चर्चाको केन्द्रमा छन् रायमाझी ।
२०३० मा नेकपा चौथो महाधिवेशनका नेता टंक भुसालको संगतबाट उनी मोहनविक्रम सिंहसँग नजिकिएका थिए । जनज्योति मावि चुत्राबेसीबाट २०३४ मा एसएलसी उत्तीर्ण गरेपछि रायमाझीलाई सोही साल भुसालले पार्टी सदस्यता दिएका थिए । २०३६ सालमा काठमाडौं झरेपछि चौथो महाधिवेशनको विद्यार्थी संगठन अनेरास्ववियु (छैठौं)सँग आबद्ध भएर आन्दोलनमा होमिए ।
२०३८ सालबाट पूर्णकालीन रायमाझी अस्कल क्याम्पस छैठौंको इकाई अध्यक्ष हुँदै जुझारु, मार्सल आर्टस्बाट लडाकु कहलिएका थिए । उनको जुझारुपनलाई देखेर मोहनविक्रम सिंहले फास्ट ट्रयाकबाट उनलाई अघि बढाउँदै लगे । रायमाझी छैठौंको केन्द्रीय समितिको उपाध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष बने ।
अर्घाखाँची घर भई भारतको नयाँ दिल्लीमा बसोवास गर्दै आएकी योगमायासँग रायमाझीले २०४५ मा प्रेम विवाह गरे । चित्रबहादुर केसीलगायत मसालका नेताहरूको उपस्थितिमा उनले विवाह गरेका थिए । एक छोरा सन्दीप पनि नक्कली शरणार्थी प्रकरणमै मुछिएर अहिले प्रहरी हिरासतमा छन् । २०७० तिर उनले पारिवारिक समस्या झेल्न पुगे । पछि पुनः सम्हालिएर योगमायासँगै सम्बन्ध जोड्न सफल भए ।
२०४७ सालमा उनी मोहनविक्रम सिंहसँग विद्रोहगरी गठन भएको नेकपा (विद्रोही मसाल)बाट प्रचण्डसँगै एकताकेन्द्र गठनमा सामेल भए । २०४८ सालमा वाईसीएलको संस्थापक अध्यक्ष बनेका रायमाझीले पार्टीमा बोलाउने नाम ‘अनिल’ राखे । प्रहरीसँग झडप गर्ने र प्रहरीको पञ्जाबाट सजिलै भाग्न सक्ने कला भएका विद्यार्थी नेताका रूपमा २०४६ सालतिर कहलिएका थिए रायमाझी ।
विद्यार्थीकालमा एक वर्ष जेल बसेका रायमाझीले आफ्नो एक संस्मरणमा भनेका छन्, ‘आठपटक त प्रहरी पञ्जा (हिरासत)बाटै भागेको छु ।’
रायमाझी मार्सल आर्टस् कलाका कारण तत्कालीन समयमा मसालको पकड क्षेत्र मानिने अर्घाखाँची, गुल्मी, पश्चिम बागलुङ भेगमा २०४६ सालताका युवाहरूको गुरुको रूपमा स्थापित थिए । पहिलेजसरी आठौंपटकसम्म प्रहरीको हातबाट भाग्न सफल रायमाझी यसपालि फरक आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनको राजनीतिक जीवनमा संयोग मात्रै हुन सक्छ– प्रहरीसँग भागेरै हिँडेको नवौंपटक हो ।
२०४७ सालमा विद्रोही मसालका नेतृत्वकर्ताहरू हरिबोल गजुरेल, डा. बाबुराम भट्टराई, बीनबहादुर कुँवर, राम कार्की लगायतसँगै रायमाझीले विद्रोह गरेका थिए । सोहीबेलाको सम्बन्धका कारण उनी माओवादीको ‘जनयुद्ध’कालभर जिम्मेवारी पाउँदा डा. भट्टराईको कोटामा परिरहे । डा. भट्टराईले नयाँ शक्ति गठन गर्दा भने रायमाझीले उनलाई साथ दिएनन् ।
२०५२ सालमा माओवादी केन्द्रीय सदस्य बनेपछि करिब पाँच वर्ष उनले प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी सम्हाले । केही समय पार्टीको गण्डक प्रदेशको इन्चार्ज बनेर पुनः प्रवासमै फर्काइए । २०५८ मा पार्टी सचिवालय सदस्य बनेका रायमाझी शेरबहादुर देवाउसँग सरकार–माओवादीबीच पहिलो वार्ताको सदस्य बनेर राजधानी भित्रिएका थिए । माओवादीको युद्ध, वार्ता, शान्तिकालमा महत्त्वपूर्ण मोर्चाको नेतृत्व गरेका रायमाझीको वामपन्थी आन्दोलनमा पाँच दशकको योगदान छ ।
बाबुरामले माओवादी छाडेपछि उनको ‘लेगेसी’ आफूमा रहेको भनेर बेला–बेलामा रायमाझीले बताउने गरेका थिए । डा. भट्टराईले पार्टी छाड्दा उनलाई साथ नदिई माओवादीमै बसे पनि रायमाझीलाई प्रचण्ड निकटहरूले सधैं अर्को गुटको व्यवहार गरे ।
पुष्टि नभएको तर आरोप लागेको नक्कली शरणार्थी प्रकरणले उनले आन्दोनलमा दिएको योगदानको मूल्याङ्कन यतिखेर ओरालो लाग्दो छ ।
शान्ति प्रक्रियामा आएपछि अर्घाखाँचीबाट चारपटक चुनाव जितेका रायमाझी पटक–पटक मन्त्रीसमेत बने । एकपटक उप–प्रधानमन्त्रीसमेत बनेका रायमाझी तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदा २३ जना केन्द्रीय नेता, केही सांसदहरूसँगै एमालेमै रहे ।
माओवादीले पार्टी विभाजनपछि एमालेमा रहेको भनी कारवाही गर्दा उनले सांसद पदसमेत गुमाउनुपरेको थियो ।
एमालेको दशौं महाधिवेशनबाट उनी सचिवमा निर्वाचित भए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेकै बेला गृह मन्त्रालयअन्तर्गत शरणार्थी सूचीकरण प्रक्रिया शुरू भएको थियो । सोही प्रक्रियालाई विचौलियामार्फत् नक्कली शरणार्थी सूचीकरण गर्ने काममा रायमाझी संलग्न भएको भनी काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारीसँगै उनी बेपत्ता छन् ।
अध्यक्ष ओलीको निकट रहेर माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई एमालेमा राख्न सफल रायमाझीले अर्घाखाँचीमा पार्टीलाई पुनःस्थापित समेत गरेका छन् । स्थानीय, प्रदेश, संघीय चुनावमा अर्घाखाँचीमा एमालेको वर्चश्व कायम भएको छ । राजनीतिक जीवनलाई उत्तारार्धतिर पुर्याइरहेका रायमाझीले पछिल्लोपटक लागेको आरोपबाट ‘क्लिन चिट’ पाउँछन् वा पाउँदैनन्, त्यो अनुसन्धानले बताउला ।
तर उनी भाग्नुभन्दा राज्यलाई अनुसन्धानमा सहयोग गरेर राज्यले ‘पूर्वाग्रही नियत’, दोष वा सत्यतथ्यकै आधारमा व्यवहार गर्छ भनेर हेर्न जरुरी छ । जुन कार्यले ‘दोषी नउम्किने, निर्दोष नफस्ने’ सत्य सावित हुनेछ । यसले मात्र रायमाझीको बाँकी राजनीतिक जीवन सहज रूपमा अगाडि बढ्ने छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...