
नेपाली फिल्मले युट्युबमा निकै राम्रो भ्युज पाउँदै आएका छन् ।
हल प्रदर्शनमा सफल भएका हुन् चाहे फ्लप । अधिकांश नेपाली फिल्म युट्युब रिलिजको केही घण्टामै ट्रेन्डिङमा उक्लिने गरेका छन् ।
यतिबेला नेपाली फिल्म ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । यो फिल्म दुई दिनअघि ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
फिल्मले शनिवार दिउँसोसम्म ५ लाख प्लस भ्युज पाइसकेको छ । पूर्णेन्दु झा निर्देशित यो फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रवीन्द्र झा, वर्षा राउत, निर्मल शर्मालगायतका कलाकारहरूको अभिनय छ ।
हल प्रदर्शनमा भने यो फिल्मले अपेक्षित व्यापार गर्न सकेको थिएन ।