×

NMB BANK
NIC ASIA

प्रहरी प्रतिवेदन

EXCLUSIVE : शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध २६ करोड बिगो, मुख्य राजनीतिक बिचौलिया बेचन झा [चेकसहित]

जेठ ७, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Muktinath Bank

नेपाल प्रहरीले पक्राउ परिसकेका र पर्न बाँकी गरी ३३ जनाविरुद्ध २६ करोड बिगो कायम हुनुपर्ने मागदाबीसहितको प्रतिवेदन तयार पारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरोपीहरूलाई संगठित ठगीका अलावा राज्यविरुद्धको कसूर र लिखत कीर्तेमा पनि मुद्दा चलाउन प्रस्ताव गरिएको छ ।


Advertisment
Nabil box
Kumari

यस प्रकरणमा प्रहरीले अर्को नयाँ तथ्य पनि फेला पारेको छ । शीर्षस्थ नेतासम्म राजनीतिक सेटिङ मिलाउने काम बेचन झा नाम गरेका व्यक्तिले गरेको पाइएको छ ।

Vianet communication

उनको नाममा काटिएको २ करोडको चेक समेत प्रहरीले बरामद गरेको छ ।

अधिकांश समय भारतमा बस्दै आएका झा अहिले फरार छन् । उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

'उनको ठेगाना समेत यकिन भएको छैन । कांग्रेस-एमालेका उच्च नेतासँग सेटिङ मिलाउने काम उनैले गरेको देखिन्छ,' प्रहरी स्रोतले भन्यो ।

बेचन झा प्रहरीले प्रतिवादी बनाउन सरकारी वकिललाई सिफारिश गरेका नयाँ नाम हो । उनको बारेमा यसअघि कुनै पनि विवरण सार्वजनिक भएको थिएन ।

यस प्रकरणमा नाम जोडिएका तर, प्रमाण नपुगेकाहरूलाई पछि प्रमाण पाउँदा पूरक अभियोग दर्ता गर्न सकिने रायसहित प्रतिवेदन बुझाउन लागिएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा प्रहरीले दुई पूर्वमन्त्रीसहित १६ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । प्रहरीका अनुसार अन्य १७ जना फरार छन् ।

हिरासतमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ तथा दलालहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, कुमार  गुरुङ, रामशरण केसी, गोविन्द चौधरी र  बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रहरीको राय छ ।

​यसका अलावा पक्राउ नपरेका तर पीडितहरूसँग उठाएको पैसा उठाएको प्रमाण भेटिएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ ।

बादलका छोरा प्रतीक थापा, बादल गृहमन्त्री छँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज राई अहिले फरार छन् । उनीहरूलाई पनि प्रतिवादी बनाउने तयारी भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x