२५ जेठ २०८३, सोमबार

पशुपति वनकालीमा आज पार्थिव शिवलिङ्ग पूजाआजा हुँदै

पशुपति वनकालीमा आज पार्थिव शिवलिङ्ग पूजाआजा हुँदै

मानश तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज बिहीवार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । 

स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो । 

संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित मधेशी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन हुने धार्मिक अनुष्ठानमा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने जानकारी दिए । संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रंगभूमि बाह्रबिघामा एकैदिन १० हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको जनाएको छ ।  

बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहित विभिन्न धार्मिक नगरीमा यस किसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरेको समेत अध्यक्ष ठाकुरले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्