२८ असार २०८३, आइतबार

पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्यो

पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्यो

नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुुँदा आयातमा समेत कमी भएको हो । 
नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुुई खर्ब २३ अर्ब ६३ करोेड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो, गोरखापत्रले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्