१२ साउन २०८३, मंगलबार

आलिया र रणवीर सिंहको नयाँ फिल्मको फर्स्ट लूक सार्वजनिक

जेठ ११, २०८०
आलिया र रणवीर सिंहको नयाँ फिल्मको फर्स्ट लूक सार्वजनिक

बलिउड सुपरस्टार आलिया भट्ट र रणवीर सिंहको नयाँ फिल्म रकी और रानी की प्रेम कहानीको फर्स्ट लूक बिहीवार सार्वजनिक गरिएको छ । 

निर्देशक करण जोहरले आफ्नो जन्मदिनको अवसरमा फर्स्ट लूक सार्वजनिक गरेका हुन् । 

लामो समयपछि निर्देशनमा फर्केका करणले आफ्नो ५१औं जन्मदिनमा लभ स्टोरीमा आधारित फिल्मको फर्स्ट लूक सार्वजनिक गरेका हुन् । 

आलिया साडीमा अनि रणवीर पश्चिमी लूकमा देखिएका छन् । उनीहरूको पहिरन हेर्दा आलिया देशी गर्ल अनि रणवीर ब्याड बोयको चरित्रमा देखिने संकेत पाइन्छ । 

फिल्ममा धर्मेन्द्र, जया बच्चन र शबाना आजमी पनि प्रमुख भूमिकामा छन् । 

फिल्म जुलाई २८ मा सार्वजनिक गरिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्