नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको आजदेखि अदालतमा बयान सुरू हुने भएको छ । प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका १६ जनाको बयान आजदेखि शुरू हुने भएको हो ।
अभियुक्तहरूको बयान जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुँदैछ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। जसमा १४ जना भने फरार छन् ।
प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।