२४ जेठ २०८३, आइतबार
व्यक्तित्व

सुजन कार्कीको सफलता : मसाल्चीदेखि युरोपको सेफसम्म

जेठ १३, २०८०
सुजन कार्कीको सफलता : मसाल्चीदेखि युरोपको सेफसम्म

कुनै समय नेपालमा विभिन्न होटल रेस्टुरेन्टमा मसाल्चीका रूपमा काम गरेका सुजन कार्की अहिले युरोपमा सेफ भएर किचन सम्हालिरहेका छन् ।

भाग्य कसैले देखेको हुँदैन । सुजनलाई पनि सेफ बन्ने इच्छा त थियो तर यति छोटो समयमा नै सेफ बनिएला भन्ने सोचेका पनि थिएनन् । १२ कक्षासम्म अध्ययन सिध्याउनासाथ होटल, रेस्टुरेन्टमा काम शुरू गरेका कार्कीले छोटो समयमा छलाङ मारेका छन् ।

मसाल्चीमा काम गर्दागर्दै फुर्सद मिलाएर काम सिक्ने मौका मिलाएका उनले किचनमा काम शुरू गरेको ३ वर्षमै युरोपको एक प्रतिष्ठित कम्पनीमा गरोइस सेफमा नियुक्ति पाएका छन् । पकवान कलामा निकै चाख राख्ने र नयाँ–नयाँ कुरा सिक्ने तीव्र इच्छाका कारण कार्कीले सफलता पाएका हुन् ।

null

रोमानिया फ्रिसाटा (स्पार्टन रेस्टुरेन्ट) मा गरोइस सेफमा कार्यरत कार्की धेरैका प्रेरणाका स्रोत बनेका छन् । जुन कम्पनीको रोमानियामा सयौं रेस्टुरेन्ट छन् ।

गत महिना बिदामा नेपाल आएका कार्की निकै खुशी देखिन्थे । आफूलाई काम सिकाउने गुरु र सँगै काम गरेका साथीभाइसँग आफ्नो खुशी साट्दै भने, ‘मेरो जीवनको लक्ष्य पूरा भएको छ । मेरो किचन लाइनमा काम गर्ने र सेफ बन्ने धोको पूरा भएको छ ।’

नेपालको पाककलामा युवा फोर्सको रूपमा उदाएका कार्की भोलिको दिनमा एक अब्बल सेफ भएर विश्वमा चिनिने लक्ष्य छ ।

null

को हुन् सेफ सुजन कार्की ?

दुर्गम जिल्ला रामेछापको गोकुलगंगा गाउँपालिका रसनालु कार्की गाउँमा नोभेम्बर १४, १९९९ मा पिता रामबहादुर कार्की र माता लक्ष्मी कार्कीको कोखबाट जन्मिएका हुन् उनी । उज्ज्वल भविष्यको खोजीमा राजधानी छिरेका सुजनको सानैदेखिको इच्छा एक अब्बल सेफ बनेर काम गर्नु थियो ।

सेफ बन्नका लागि चाहिने सम्पूर्ण तालिम तथा कुकिङ र हाइजिन फूड सेफ्टीका कोर्स पूरा गरेका कार्की कुनै समय होटलमा मसाल्चीको रूपमा कार्यरत थिए । इच्छा भए उपाय कति कति भनेझै मसाल्चीको काम गर्दागर्दै उनले अब्बल सेफहरूको संगत पाए र धेरै उच्च स्तरको पाककला सिक्ने मौका पाए ।

null

कुनै समय १८ घण्टासम्म काम गरेका कार्कीलाई अहिले युरोपमा काम गर्न र गराउन निकै सहज भएको छ । सबै सिस्टममा चल्ने हुँदा नेपालको भन्दा उनलाई युरोपको काम सहज लागेको छ । दिनानुदिन युरोपमा नेपाली भित्रिने क्रम जारी रहेका कारण उनलाई नेपालको यादले खासै सताउँदैन । निकै मिजासिला, कम बोल्ने, उर्जावान व्यक्तित्व कार्की काम र दक्षतामा पूर्ण विश्वास राख्ने व्यक्तिमा पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्