असोज १२, २०८०
नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...
जेठ १४, २०८०
मोरङका छोटी भन्सार कार्यालयहरूको आम्दानीभन्दा खर्च बढी हुने गरेको पाइएको छ ।
स्थापना भएका कुल ९ छोटी भन्सारमध्ये ६ वटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका ३ मध्ये पनि एउटाले मात्र राजस्व संकलन गर्ने गरेको छ ।
भारतसँग मोरङको ६३ किलोमिटर सीमा छ । यही बीचमा स–साना नाकालाई समेट्ने गरी छोटी भन्सार कार्यालयहरू स्थापना भएको थियो । तर, सञ्चालन खर्च पनि धान्न नसकेको भन्दै छोटी भन्सारहरू धमाधम बन्द भएका हुन् ।
थोरबहुत राजस्व संकलन गरिरहेको मायागञ्ज भन्सार कार्यालयले गत वर्ष जम्मा ८ लाख ३२ हजार १० रुपैयाँ संकलन गरेको थियो । चालू आवको चैत मसान्तसम्ममा १३ लाख ८७ हजार ७१८ रुपैयाँ संकलन भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले बताए ।
उक्त छोटी भन्सारमा एक नायब सुब्बा र दुई सहयोगी बस्ने गरेका छन् ।
‘कर्मचारीलाई तलब दिन समेत पुग्ने अवस्था छैन,’ विराटनगर भन्सार कार्यालयका एक अधिकृतले भने, ‘न सरकारले थप केही निर्णय गर्छ, न त राजस्व संकलन नै हुन्छ । ’
सञ्चालनमै रहेका रंगेली र डाइनिया छोटी भन्सारबाट राजस्व संकलन हुँदैन । यी कार्यालयमा २/२ जना कर्मचारी बस्ने गरेका छन् ।
कोरोना संक्रमणकालदेखि यी कार्यालयहरूबाट राजस्व संकलन गर्न छाडिएको दाहालले बताए ।
अवैध व्यापार नियन्त्रण तथा वैध व्यापारमा सहजीकरण गर्ने उद्देश्यले छोटी भन्सारको स्थापना गरिएको थियो । जहदा गाउँपालिकाको मधुमल्ला, धनपालथान गाउँपालिका मझारेस्थित तरिगा, रतुवामाई नगरपालिकाको चुनिबारी र चौकीघाट छोटी भन्सार २०५३ सालदेखि बन्द छन् ।
तत्कालीन जनयुद्धमा सुरक्षाको कारण देखाउँदै बन्द भएका यी छोटी भन्सार पुन सञ्चालनमा आउन सकेका छैनन् । यी कार्यालयहरू प्रहरीले संरक्षण गर्दै आइरहेको छ ।
छोटी भन्सार बन्द भएपछि खुला सीमाको फाइदा उठाउँदै चोरी निकासी समेत बढ्ने गरेको कर्मचारीहरू बताउँछन् । ‘छोटी भन्सार बन्द भएपछि अहिले प्रशासनसँगकै मिलेमतोमा दैनिक लाखौं रुपैयाँको सामग्री भित्रिने गरेको छ,’ एक कर्मचारीले भने ।
प्रतिव्यक्ति वा फर्मले १५ हजार रुपैयाँसम्मको सामान ल्याउँदा छोटी भन्सारले राजस्व लिने गरेको थियो । छोटी भन्सारको राजस्वको लक्ष्य भने हुँदैन ।
छोटी भन्सार बन्द भएपछि खुला सीमाबाट चोरी निकासीकर्ताले फाइदा लिने गरेका छन् ।
कोशी प्रदेशमा भारत तथा चीनका नाका लक्षित विभिन्न सातवटा भन्सार कार्यालय छन् ।
इलामको पशुपतिनगर, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, सुनसरीको सुनसरी, मोरङको विराटनगर, झापाका मेची र भद्रपुर भन्सार कार्यालय सञ्चालनमा छन् ।
राजस्व संकलनका हिसाबले मेची र विराटनगर भन्सार अगाडि छन् । तर, पनि चालू आवमा भने यी भन्सारहरूले लक्ष्यको आधा राजस्व पनि संकलन गर्न सकेका छैनन् ।
चालू आर्थिक वर्षमा ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको विराटनगर भन्सार कार्यालयले १० महिनाको अवधिमा जम्मा २७ अर्ब ६६ करोड मात्रै राजस्व संकलन गरेको छ । ‘लक्ष्यअनुसार अहिलेसम्म ५० अर्ब उठ्नुपर्थ्यो । लक्ष्य भेट्ने हो भने अब दैनिक ५१ करोडका दरले राजस्व उठाउनुपर्छ, जुन सम्भव छैन’, सूचना अधिकारी परशुराम दाहालले भने ।
विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।
कोभिडका कारण नाका बन्द भएको आर्थिक वर्ष २०७६/०७७ मा ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । त्यति बेला ५८ दशमलव ४२ प्रतिशत अर्थात २९ अर्ब ३१ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असुली भएको थियो । उक्त वर्ष लक्ष भने ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ लक्ष्य राखेको कार्यालयले असुली भने त्यसको ८१ दशमलव ४१ प्रतिशत अर्थात ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व संकलन गरेको थियो ।
नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा असोज ६ गतेदेखि ८ गतेसम्म भएको कार्यक्रम कम्पन...
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ । विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा क...
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकि...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरि...
विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...