×

NMB BANK
Dabur

सन्दर्भ: गणतन्त्र दिवस

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

NTC
Premier Steels
Marvel

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थुपार्न लाज मान्नुहुन्न ? तपाईं नीति, सत्य र आत्माको शुद्धताप्रति किन ध्यान दिनुहुन्न ?’ बटुवाले नीति र आत्माशुद्धताको चित्तबुझ्दो जवाफ दिएपछि मात्र अगि बढ्न दिन्थे ।

Sagarmatha Cement
Muktinath Bank

उसको बुझाइमा अस्पष्टता रहे महान् नागरिक बन्न आवश्यक आचरणको उपदेश दिन्थे । यो समय राज्य व्यवस्थाको करीब प्रारम्भिक अवस्था थियो । उनले कुनै कुरा लेखेनन्, छपाएनन्, न त्यसप्रतिको चिन्ता नै लिए । पछि उनका शिष्य प्लेटोले उनका विचारलाई राजनीति, राज्यकौशल र राज्यसञ्चालनका सिद्धान्तका रूपमा किताब लेखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेद, पुराण र श्रुतिहरूमा उल्लेख भएको पूर्वीय दर्शनमा भने आदर्श, इमान्दारी र निष्ठा राज्यकौशलका आधार थिए । लोभ, लालसा, क्रोध, आशक्तिलाई नर्क जाने बाटो मानिन्थ्यो । शास्त्र (नीति), धर्म (आचरण) र कर्म (काम) राज्य सञ्चालनका आधार थिए । मर्यादा पुरुषोत्तम रामचन्द्र, सत्यवादी युधिष्ठिरहरू राज्यकौशलका उदाहरण थिए । 


Advertisment
SBL

पश्चात्य र पूर्वीय दुवै दर्शनले योग्यता र प्रक्रियालाई शासन सञ्चालकको गुण मान्दछ । मानिस वंश, जात वा वर्गका आधारमा श्रेष्ठ बन्दैन, कर्मका आधारमा मात्र श्रेष्ठ बन्दछ भन्ने साझा निष्कर्ष छ । त्यसैले वंश अधिकारलाई लोकतन्त्र/गणतन्त्रले विस्थापन गरिएको हो । भुल्न के हुँदैन भने सबै लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् । वंश अधिकार वा जन्म श्रेष्ठताको मान्यतालाई दुवैले मान्दैन । 

Vianet communication
Laxmi Bank

तर, आजभोलि नीतिवान नेता र निष्पक्ष प्रक्रियाको माग निकै बढेको छ, किनकि समाजमा त्यसैको अभाव । नभएको कुराको नै महत्त्व बढी हुने हो । लोकतन्त्र/गणतन्त्रका सिद्धान्तअनुसार शासन चलेको छैन । राज्यलाई नैतिक संस्थाको रूपमा क्रियाशील बनाउन यसका पात्रहरू, विशेषतः राजनीतिज्ञहरूमा नैतिकता, निष्ठा र इमान्दारिता पातलिँदै गएको छ । 

एउटा आदर्श नेतामा कस्तो गुण हुनुपर्छ ? नेताको सफलता प्रणाली निर्वाह मात्र हो कि नवोन्मेष र जनआशाको निर्माण हो ? नेताले अनुयायीलाई आफूभन्दा उम्दा नेतृत्वमा पुर्‍याउने कि अनुचर मात्र बनाइराख्ने ? यी विषय आजभोलि ओजिला भएका छन् । 

लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्दछन् । मोहनदास निकै दुब्ला, पातला र मरन्च्याँसे थिए । बीपी पनि पातला र दुब्ला थिए । डे ल्कार्कभन्दा मण्डेला दुब्ला थिए ।

राजनेताहरू सत्य बोल्छन्, बोल्नु पर्दछ । सत्यलाई प्रमाणित गरिरहनु पर्दैन । सत्यको व्याख्या पनि चाहिँदैन । सत्यभित्र आत्मा छुपेको हुन्छ, विवेक बसेको हुन्छ । राजनीतिमा सत्य भनेकोचाहिँ जनताको विश्वास बोल्नु हो । यसो भन्नुको मतलब मन जनताको हुन्छ, मुख मात्र नेताको हुनु हो । तर, तेस्रो विश्वमा राजनीति असत्य बोल्ने पेशाका रूपमा रूपान्तरित हुँदैछ । धेरैजसो राजनीतिकर्मीहरू झूट, व्यभिचार र अनविश्वासमा उभिएर उनीहरूले बुझेको राजनीति गरिरहेका छन् । वास्तवमा त्यो राजनीति वा राज्यनीति नै होइन, व्यभिचार वा अनीति हो, तैपनि राजनीति भनिँदैछ । यही असत्य र यदाकदा अर्धसत्यको आडमा देश चल्ने नियति चलिरहेको छ ।

असत्यभन्दा अर्धसत्य झनै खतरनाक हुन्छ । परिणामतः जनता र राज्यबीचको दूरी फराकिँदै गएको छ । राज्यले वैधता गुमाउँदै गएको छ र राजनीति पेशाका रूपमा अपनाउनाको कारण नै जनताको अख्तियारी, मत र करको जथाभावी प्रयोगका लागि उछिनापछिन छ । कोही सडक, कोही सञ्जाल, कोही सत्ता, कोही सदन, कोही प्रतिपक्षमा छन्, तर जनअख्तियारी चलायमान छैन ।

तैपनि भन्ने गरिन्छ, राजनीति सहभागिता र उत्तरदायित्वको खेल हो, राजनीति जनताका लागि गरिन्छ, राजनीति विकासका लागि गरिन्छ, राजनीतिले गरिबी र असमानता हटाउँछ, राजनीतिले जनजीविकाको बाटो सहज बनाउँछ आदिआदि । मानौं, आरस्तु, हव्स, रुसो र जेफर्सनका राजनीतिक सिद्धान्त र प्रजातन्त्रको व्याख्या गलत भएको त होइन ? तर यस प्रश्नको उत्तर दिने जिम्मेवारहरू सधैं सत्यलाई थाती र विवेकलाई बन्धकी राखेर बोल्छन्, जो बोल्न सक्दैनन्, उनीहरूसँग मात्र विवेक बाँकी छ । विवेक र बोलीको एकाकार कहिले भेटिने हो ? 

गोपीनाथ मैनाली

उत्तरआधुनिक कालमा राजनीति भनेको लोकतन्त्रलाई सुसंस्कृत गराउने अभ्यास हो, त्यसैले यो जीवन पद्धति पनि हो भनिन्थ्यो । यो भन्दा बढी न यसको अर्थ छ न व्याख्या नै आवश्यक छ । लोकतन्त्रलाई सुसंस्कृत बनाउन संविधानले नीति, उद्देश्य, संरचना, संयन्त्रको व्यवस्था र भूमिकाको विभाजन गर्ने गर्छ, त्यसैले यो समस्त जनताको साझा अभिव्यक्ति पनि हो ।

यसबाट घोषणा गरिएका मूल्य मान्यतालाई संस्थागत गराउन राजनैतिक प्रणाली क्रियाशील हुने गर्दछ । राजनैतिक प्रणाली सभ्य, सुसंस्कृत, उदार र विवेकशील भएमा मात्र समाज र राजनीतिले लोकतन्त्रको अभ्यास गर्दछ । सत्तारोहण र शक्तिलिप्साका लागि यसलाई उपयोग गरिएमा राजनीति प्रदूषित हुने मात्र होइन, समस्त राज्य प्रणाली नै प्रदूषित हुन्छ । 

हुने खाने र शक्तिलाई प्रभाव पार्ने सामर्थ्य भएकाहरू नै सत्ताका खेलाडी हुने गर्दछन् । तर, जनता लोकतन्त्रको नाममा स्वागत, सत्कार, लावालस्कर, समर्थन र स्रोतको सहयोगी भूमिकामा मात्र रहन्छन् । राजनीति गर्नेहरू बोलिदिन्छन् । सरकारमा रहँदा र पार्टीमा रहँदा फरक–फरक कुरा बोल्नु पर्छु । सत्य त फरक नहुनु पर्ने हो । सत्यको थोरै अंश सत्तामा पुग्नुअघि बोलिन्छ, त्यहाँ पुगेपछि भने त्यति बोल्न पनि जरुरी ठानिँदैन । जे बोल्न र भन्न पनि छूट छ, किनकि शक्तिमा पुग्नेहरूले बोलेका कुरा प्रेसले छाप्छ, प्रशासनले मान्छ, दूरदर्शनले देखाउँछ । भनिन्छ, झूट पनि सयबार बोलेपछि सत्य बन्छ ।

असत्यलाई सयौंबार बोलेर सत्यमा स्थापित गर्नु राजनीतिमा लागेका अधिकांशको स्वभाव हो । देवकोटा जिउँदै भएका भए थुप्रै मसलाका रुखले कथित सत्य साहित्यमा ओकल्थे होलान्, तर अहिले बुढो घण्टाघरले मौनता साँधेर परम्परागत र नयाँ सत्ता, सडक, सदन, सरकार सबैको इतिहास हेरिरहेको छ । धरहरा हेर्न नसकेर गर्लम्म ढल्यो । जनतालाई लोकतन्त्रको नयाँ परिभाषा चाहिएको छ, प्रायोगिक अर्थ चाहिएको छ, जसले परिश्रम, पसिना र सुरक्षाको प्रत्याभूति गर्न सकोस् । भविष्यको प्रत्याभूति गर्न सकोस् । 

लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्दछन् । मोहनदास निकै दुब्ला, पातला र मरन्च्याँसे थिए । बीपी पनि पातला र दुब्ला थिए । डे ल्कार्कभन्दा मण्डेला दुब्ला थिए । २०३७ सालतिरको कुरा हो, शहीद दिवस मनाउन खुलामञ्चमा आसीन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र उनकै छेउमा बसेका युगकवि सिद्धिचरण श्रेष्ठ अनि जिउँदो शहीद रामहरि शर्मालाई देखाउँदै कवि केदारमान व्यथितले भनेका थिए, नेपालमा उल्टो भो, जिउँदो शहीद र उनीहरूका कविता लेख्नेहरू खबटे गाला र फु गर्दैमा ढल्लन् जस्ता छन्, तर मुलुकको चिन्ता लिएर दुब्लाउनु पर्ने प्रधानमन्त्रीका गाला भने त्यसै रगत चुहिएलाजस्तो तातो जलेबी स्वरूपमा किन ? शहीद दिवस मनाउन आएकाहरू एकछिन अकमक्क भएका थिए । त्यसपछि कविता वाचन गर्न बसेका युवा कविहरू शहीदको अपमान सम्झिएर कविता वाचन नै नगरी फर्किन खोजे । एकैछिनमा युवाकवि लव गाउँले उर्लिन पुगे, ‘शहीद देवाताभन्दा महान् हुन्छ, शहीदको सधैं पूजा हुनुपर्छ ।’ 

कवि ‘व्यथित’ को अभिव्यक्ति प्रतीकात्मक थियो । वास्तविकता पनि के हो भने जनताका खातिर चिन्ता लिनेहरू जनतासँगै दुब्लाउनु वा मोटाउनु पर्छ । जनता झुम्रिँदा टल्किनु र जनता दुब्लाउँदा मोटाउनुको सोझो अर्थ व्यवस्था सञ्चालकहरू जनताको मन जित्न, जनताप्रति चिन्ता गर्न सक्षम छैनन् भन्ने हो । 

जनताका विषयमा सोच्ने मन र दिमाग दुब्लाउने अनि शरीर मोटाउने क्रम सत्ता सयलको परिचायक हो भनेर भनिरहनु परोइन । ‘ल्पेजर इनर्सिया’ ले मनलाई विकृत पार्दछ । मष्तिष्कलाई क्षीण बनाउँछ । यसको क्षतिपूर्तिस्वरूप शरीर मोटाउँछ, भीमकाय बन्छ । मोटो नेता यही इनर्सियाका उपज हुन् ।

जनताका विषयमा सोच्ने मन र दिमाग दुब्लाउने अनि शरीर मोटाउने क्रम सत्ता सयलको परिचायक हो भनेर भनिरहनु परोइन । ‘ल्पेजर इनर्सिया’ ले मनलाई विकृत पार्दछ । मष्तिष्कलाई क्षीण बनाउँछ । यसको क्षतिपूर्तिस्वरूप शरीर मोटाउँछ, भीमकाय बन्छ । मोटो नेता यही इनर्सियाका उपज हुन् । मोटो शरीर विम्बात्मक अव्यिक्ति हो, लाक्ष्यणिक हो । भन्न खोजिएको कुरा चाहिँ जनताभन्दा सुखी त्यहाँका नेता हुनुहुँदैन भन्ने हो । 

नीतिशास्त्रीहरू राज्यलाई नैतिक संस्था भन्न रुचाउँछन् । राजनीतिशास्त्रीहरू यसलाई आदर्श संस्था भन्न रुचाउँछन् । आदर्श यस अर्थमा भन्न खोजिएको हो कि आमजनताको भलो इच्छालाई राज्यले समेट्नु पर्दछ । सबैको भलो हुने कार्य आदर्श हो । नैतिक भनेको चाहिँ भलो मूल्य सिर्जना गर्ने स्वभाव वा प्रवृत्ति हो । असल बुझाइ, असल सोच र असल कार्यले नेतालाई नैतिक बनाउँछ । कुनै संस्था नैतिक वा आदर्श बन्न त्यसका सञ्चालकहरू आदर्श, सक्षम र उदाहरणीय बन्नुपर्दछ भन्ने मान्यता प्लेटो र कौटिल्य हुँदै आजसम्म पनि स्थापित छ । 

नेतृत्वको अर्को नाम उदाहरणीयता हो । सबैखाले संस्था र यसका सञ्चालकहरू मनोकेन्द्रित भए भने राज्यलाई वैध भन्ने आधारहरू भेट्न सकिँदैन । योग्यहरू अनैतिक हुँदा इमान्दार सर्वसाधारणको कुनै अर्थ रहँदैन र देश,  समाज र समयले थुप्रै लागत चुकाउनु परेको उदाहरण छ । अयोग्यहरूले चलाउने सत्तारूपी जेट यसमा यात्रा गर्नेको मात्र शयर हो,  अरूका लागि भने त्यो लागत मात्र हो, जोखिमको भुमरी हो । 

राजनेताहरू स्वच्छ हुने गर्दछन् वा स्वच्छता नेतृत्वको आधार शर्त हो । तेस्रो विश्वमा यसको आत्मपरक व्याख्या हुँदै आएको छ । आर्थिक मामिला त्यो पनि अरूले प्रमाण देखाउन नसक्ने हदमा नै यसलाई लिइँदै आएको छ । निगरानी गर्ने निकायले गरेको कारवाहीका हदमा मात्र यसलाई सीमित गरिँदै छ । जब नेताहरू आफूलाई वास्तवमै उदाहरणीय देखाउन सक्दैनन्, त्यतिबेला तर्क र प्रमाणको सहारा खोज्न पुग्छन् । नैतिक साहस गुमेको अवस्थामा सबै प्रकारका परम्परागत वा आर्जित शक्ति प्रयोग गर्ने पदाधिकारीहरू मैलो स्वरूपमा आफ्नै अनुहार हेरिरहेका छन् ।

उनीहरू सबैलाई थाहा छ, हिजोको आफूहरूको अवस्था र वर्तमानको जीवन शैली । आफ्ना विषयमा सबैभन्दा जानकार स्वयं उनीहरू नै छन् । के साँच्चै दुःख र जिम्मेवारीको भारी बोक्ने मानिसको जीवनशैली एक्कासि आकासिन्छ ? के यसरी विलाशिताको व्यवसाय गर्न नेताहरूको नैतिक र व्यावसायिक आचरणले दिन्छ ? चार्वाकवादी दर्शन भोग्नेहरूले आफूहरू स्वच्छ छु भन्ने आलाप आलाप्दैमा त्यसको पुष्टि हुन्छ ? यी अनुत्तरित प्रश्नको उत्तर कहिले पाइने ? गणतन्त्र दिवसले यही उत्तर खोज्न जिम्मेवार सबैलाई घच्घच्याओस् । गणतन्त्र दिवसको शुभकामना । (@mainaligopi)

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x