०४ साउन २०८३, सोमबार

प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरी आह्वान

प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिको पहिलो बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।

कार्कीविरुद्ध इमेल र पत्रमार्फतसमेत उजुरी दिन पाइनेछ । यसरी उजुरी हाल्दा बेनामेबाट हाल्न पाइँदैन । तर नामलाई समितिले गोप्य राख्ने जनाएको छ । उजुरीको आह्वान गर्न गोरखापत्रमा सूचना प्रकाशन गर्ने तयारी छ । 

बैठकमा सिफारिस भएका कार्कीका व्यक्ति विवरणको जानकारी सांसदहरूलाई गराइएको थियो । 
पहिलो बैठकले सुनुवाइ समिति कार्यविधिलाई पनि पारित गरेको छ । 

कार्की १५ महिना सर्वोच्चको कायममुकायम प्रधानन्यायाधीश भएका थिए । उनलाई वैशाख २५ मा बसेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्