×

NMB BANK
Dabur

भारतीय परम्पराको पुनर्जागरण

संसद् भवनमा ‘सेन्गोल’ले भारतमा बहस, सांस्कृतिक वैधता स्थापना गर्ने मोदीको प्रयास

जेठ १६, २०८०

NTC
Premier Steels

भारतको नयाँ संसद् भवनमा राखिएको राजदण्ड सेन्गोलका विषयमा विभिन्न बहसहरू भइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सेन्गोल र यसको इतिहासका बारेमा संक्षिप्त चर्चा गरौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेन्गोल तमिल शब्द सेम्मईबाट बन्छ । त्यसको अर्थ धर्मपरायणता हुन्छ । 


Advertisment
SBL

दी इन्डियन एक्सप्रेसमा इतिहासकार मनु पिल्लईले लेखेअनुुसार, सेन्गोल वा चेन्कोल भनेको राजदण्ड हो । यसले राजाको शासन, धर्मपरायणता, न्याय र अधिकारलाई इंगित गर्छ । शक्तिको सही उपयोगसँग राजदण्ड जोडिन पुग्छ । 

Vianet communication
Laxmi Bank

तमिलनाडुमा यसको उत्पत्ति भएको हो र इतिहासमा यो राजप्रतीकका रूपमा रहेको थियो । मदुरै नायकहरूले महत्त्वपूर्ण अवसरहरूमा मीनाक्षी मन्दिरमा सेन्गोल स्थापना गर्थे । त्यसपछि यसलाई राजगद्दी भएको कोठामा लगिन्थ्यो । राजा भगवानका प्रतिनिधि हुन् भन्ने कुराको संकेत राजदण्डले दिन्थ्यो । 

त्यसैले यो वैधताप्रदायक वस्तु पनि थियो । रामनादका सेतुपतिहरूले १७औं शताब्दीमा राजाको हैसियत प्राप्त गरेपछि रामेश्वरम मन्दिरका पुजारीहरूबाट पवित्र बनाइएको सेन्गोल प्राप्त गरेका थिए । 

शक्तिको उपयोग गर्ने क्रममा ईश्वरप्रति शासकको जवाफदेहितालाई यसले इंगित गर्थ्यो । अनि कुनै व्यक्ति कतैको मुखियाबाट राजाको हैसियतमा उन्नति भएको संकेत पनि यसले दिन्थ्यो । 

चोल राजवंशका शासकहरूले आफ्नो राजकीय शक्ति तथा न्यायप्रतिको प्रतिबद्धताका प्रतीकका रूपमा सेन्गोललाई लिएका थिए ।

यसरी सेन्गोललाई ऐतिहासिक सन्दर्भमा हेर्दा राजधर्मको प्रतीक भन्न सकिन्छ ।

यो राजदण्ड सुन र चाँदीबाट बनेको छ र यसमा कैयौं बहुमूल्य पत्थरहरू जडिएका छन् । यसको लम्बाइ पाँच फीट छ र यसको शीर्ष भागमा सुनको सानो कचौरा छ । उक्त कचौरामा भगवान् शिवका वाहन नन्दीको मूर्ति विराजमान अवस्थामा छ । 

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि तमिल पुजारीहरूले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई सेन्गोल दिएको बताइन्छ । 

बेलायती उपनिवेशवादी शासक लर्ड माउन्टबेटनले भारतीयहरूलाई सत्ता हस्तान्तरण गर्नका लागि औपचारिक समारोहमा के गर्ने भनी नेहरुलाई सोधेका थिए । नेहरुले दक्षिण भारतका महान् स्वतन्त्र सेनानी नेता चक्रवर्ती राजगोपालचारीसँग परामर्श लिँदा उनले चोल परम्पराको सेन्गोल हस्तान्तरणको सुझाव दिएको भनाइ छ । 

तर यस विषयमा कुनै ठोस प्रमाण नपाइने आलोचकहरू बताउँछन् । उनीहरू भाजपाको ह्वाट्सयाप विश्वविद्यालयमा यी मिथ्या कथाहरू राखिएको आरोप लगाउँछन् । 

दक्षिणको चोल राजवंशको समयमा राजगुरुले नयाँ राजालाई राजदण्ड हस्तान्तरण गर्ने गरेको परम्परालाई अनुसरण गर्दै सन् १९४७ मा वैदिक शैव अधीनम तिरुववदुतुरै राजगुरुहरूले नेहरुलाई राजदण्ड दिएका थिए । तर यसलाई भव्य समारोह मनाएर हस्तान्तरण गरिएको विषयमा प्रमाण फेला नपर्ने मनु पिल्लईको भनाइ छ ।  

नेहरुलाई राजतन्त्र र राजसी व्यवहारसँग कुनै लगाव नरहेकाले उनले यसलाई इलाहाबादमा रहेको आफ्नो घर आनन्द भवनको संग्रहालयमा पठाएका थिए । हेला गरेर उनले सेन्गोललाई हिँड्दाखेरी टेक्ने लट्ठी भनेको अन्वेषक सुमेधा वर्मा ओझा स्वराज्य पत्रिकामा लेख्छिन् । 

भारतीय सभ्यताको गौरवमय परम्परालाई जगाउँदै तमिल पुजारीहरूले उपनिवेशवादीहरूलाई हटाएर नयाँ भारतको आरम्भ गरेको प्रतीकका रूपमा राजदण्डको हस्तान्तरण गरेको भए पनि पश्चिमप्रति अत्यन्तै श्रद्धा राख्ने नेहरुले त्यसको महत्त्व बुझ्न नसकेको ओझाको कथन छ । 

नेहरु र उनका उत्तराधिकारीहले संग्रहालयमा थन्क्याउन योग्य ठानेको वस्तुलाई बहालवाला सरकारले दुई वर्षको खोज तथा प्रमाणीकरणपछि पवित्र रीतिरिवाजका साथ संसद् भवनमा राखेको छ । मदुरै अधीनम (पीठ) का पुजारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेन्गोल हस्तान्तरण गरेका थिए । मोदीले सेन्गोलका अगाडि साष्टांग दण्डवत समेत गरेका थिए । 

मोदी सरकारले सेन्गोललाई लोकसभाका सभामुखको आसनसँगै राखेर जनता नै सर्वोच्च हुन् भनी सन्देश दिन खोजेको छ । सेन्गोललाई राजवंशको प्रतीक भन्दा पनि गणतन्त्रमा जनतालाई सर्वोच्च शक्ति मानेर राजधर्मको परिपालन गर्न सरकार, सांसद र न्यायालयलाई सम्झाउने हेतुले संसद् भवनमा सेन्गोल राखिएको बताइन्छ । 

मोदी सरकारले सेन्गोललाई लोकसभाका सभामुखको आसनसँगै राखेर जनता नै सर्वोच्च हुन् भनी सन्देश दिन खोजेको छ । सेन्गोललाई राजवंशको प्रतीक भन्दा पनि गणतन्त्रमा जनतालाई सर्वोच्च शक्ति मानेर राजधर्मको परिपालन गर्न सरकार, सांसद र न्यायालयलाई सम्झाउने हेतुले संसद् भवनमा सेन्गोल राखिएको बताइन्छ । 

वास्तवमा नयाँ संसद् भवन इतिहासको क्रमभंगताको प्रतीक बनेको छ । पुरानो संसद् भवन बेलायती उपनिवेशी शासकहरूले बनाएका थिए र त्यसले भारतको दुःखद कालखण्डको स्मरण गराइरहेको थियो । 

नयाँ संसद् भवनमा चाहिँ गौरवशाली भारतीय परम्पराको प्रतिनिधित्व गर्ने कलाकृतिहरू राखिएका छन् । स्वतन्त्रतापछिको भारतमा पश्चिमको नवउपनिवेशवादी मूल्यमान्यता कायम रहेकोमा अब भारतीय सनातन परम्पराको पुनर्जागरण भइरहेको भाष्य स्थापना गर्न मोदी सरकारले प्रयास गरेको छ । नवउपनिवेशवादी विगतबाट वर्तमानलाई भिन्न देखाउन मोदी सरकारले अहिलेको समयलाई अमृतकाल भन्ने गरेको छ । 

मनु पिल्लईका अनुसार, प्रधानमन्त्री मोदीले सेन्गोलमार्फत संवैधानिक भन्दा पनि सांस्कृतिक अझ भनौं सभ्यतागत वैधताको स्थापना गर्न चाहेका छन् । सभामुखको कुर्सी नजिक सेन्गोल स्थापना गरेर उनले पश्चिमी संसदीय परम्पराअन्तर्गतको उक्त पदलाई हिन्दूत्वको लेप लगाएका छन् । 

मोदी र उनका समर्थकहरूले यसलाई सांस्कृतिक पुनर्जागरणका रूपमा लिएका छन् भने विपक्षीहरूले राष्ट्रिय प्रतीकको हिन्दूकरण गरिएको आरोप लगाइरहेका छन् । 

विपक्षी दल कांग्रेसका नेता जयराम रमेशले तमिलनाडुका मतदाताहरूलाई फकाउनका लागि भारतीय जनता पार्टीले सेन्गोलको भाष्य बनाएको आरोप लगाएका छन् । दक्षिण भारतमा राजनीतिक पकड बनाउन नसकेको भाजपाले तमिलनाडुको परम्परालाई सन्दर्भ बनाएर लाभ लिन खोजेको रमेश लगायतका विपक्षी नेताहरू आरोप लगाउँछन् । त्यसो त भाजापको तमिलनाडु शाखाले अधीनमहरूसँगको सम्पर्क बढाएर द्रविड मुनेत्र कजगम सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास गरेको बताइन्छ । 

जे होस्, भारतीय महान् परम्परालाई पुनर्जागृत गरी आत्मनिर्भर भारत आफ्नो परम्पराको आधारमा अडिएको सन्देश दिन मोदी सरकारले विभिन्न प्रयास गरिरहेकोमा सेन्गोल पनि त्यसको एक अंशका रूपमा रहेको देखिन्छ । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x