०६ साउन २०८३, बुधबार

फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । 

बुधवार राजधानीमा एक कार्यक्रमकाबीच असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

२ मिनेट १७ सेकेन्डको ट्रेलरमा फिल्मका शीर्ष सबै पात्रहरूलाई समेटिएको छ । हराएको व्यक्तिको खोजीको कथा फिल्मले भन्छ । ट्रेलर हेर्दा फिल्म मनोवैज्ञानिक थ्रिलर बनेको अनुमान गर्न सकिन्छ । 

लण्डनमा बस्दै आएका प्रदीप शाहीको लेखन एवं निर्देशनमा तयार फिल्ममा विजय लामा, दीया पुन, त्रिचु राई, एवनराज उप्रेती, कृष्ण श्रेष्ठ, रेश्मा घिमिरे, पासाङ लामा, विशाल पहारीलगायतको अभिनय छ । 

विनोद सुवेदी क्षितिज र नवीनकुमार शाही यस फिल्मका निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्