२८ असार २०८३, आइतबार

म्युजिक भिडियोमा पल शाहसँग देखिइन् ‘मिस पवि’, ‘थाहै भएन’ सार्वजनिक

म्युजिक भिडियोमा पल शाहसँग देखिइन् ‘मिस पवि’, ‘थाहै भएन’ सार्वजनिक

‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन् । 

यस प्रेमगीतको भिडियोमा उनी पलसँग रोमान्टिक देखिएकी छन् । मुस्ताङको सुन्दर लोकेसनमा भिडियो खिचिएको हो । 

यो गीतमा टिका बम्जनको शब्द एवं संगीत छ भने हिमाल सागर र अनु चौधरीले यसमा स्वर दिएका छन् । गीतलाई शहस शाक्यले एरेन्ज गरेका हुन् । 

शान थापाको निर्देशनमा तयार भिडियोमा राजीव समरको कोरियोग्राफी छ । बिदुर सिग्देल निर्माता रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन, सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 

ओएसआर डिटिजलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्