०७ असार २०८३, आइतबार

गर्मी बढेपछि ५ दिन विद्यालय बन्द

गर्मी बढेपछि ५ दिन विद्यालय बन्द

सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।

पठनपाठन गर्न समस्या भएपछि सप्तरीका २ स्थानीय तहले ५ दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । 

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको शुक्रवारदेखि जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीवार सूचना जारी गर्दै शुक्रवारदेखि विद्यालय बन्द गरिएको जानकारी दिए ।
     
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि जेठ २१ देखी असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजिवकुमार मिश्रले जानकारी दिए । १ हप्तायता मधेश प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ ।

सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । 

कमेन्ट गर्नुहोस्