
गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन् ।
भिडियोमा अभिनेता पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको अभिनय हेर्न सकिन्छ । निर्देशक स्वारले पुष्प र मोनिकालाई आधुनिक शैलीमा नचाएका छन् । भिडियोमा मोनिका हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् । गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ ।
जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत आइतवार यो भिडियो सार्वजनिक भएको हो ।