×

NMB BANK
NIC ASIA

विद्यार्थीलाई कस्तो लाग्यो संसद् बैठक ?

काठमाडाैं | जेठ २४, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधिसभा तथा राष्ट्रियसभा बैठकहरू हेर्न विभिन्न विद्यालयका विद्यार्थी बेला–बेला नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगिरहेका हुन्छन् । विद्यार्थीले आफ्नो पाठ्यपुस्तकमा संसद्को सम्बन्धमा पढ्नुपर्छ ।

Muktinath Bank

पढेको कुरालाई व्यावहारिक रूपमा देखाउनका लागि शिक्षकहरूले आफ्ना विद्यार्थीलाई संसद् भवन लिएर आउने गर्दछन् । बुधवार पनि प्रतिनिधिसभा बैठक हेर्नका लागि अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कूलका ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थी शिक्षकहरू सहित आएका थिए । 
 
अक्सिडेन्टल पब्लिक स्कूलमा अध्ययनरत विभूति चौलागार्इंले संसद्को बारेमा सामाजिक अध्ययन विषयमा पढ्नुपर्ने भन्दै बुधवार व्यावहारिक रूपमा संसद् देख्न पाउँदा खुशी लागेको बताइन् । उनले सांसदहरूले आ–आफ्नो जिल्लामा भएका समस्याहरू व्यक्त गरेको सुनेको प्रतिक्रिया दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९ कक्षामा अध्ययनरत विद्यार्थी सम्पन्न सिलवालले संसद बैठकमा समयको व्यवस्थापन राम्रो लागेको बताए । उनले वार्षिक बजेटको विषयमा छलफल भइरहेको र बजेटका समस्या र समाधानको विषयमा संसद् बैठकमा छलफल भइरहेको बताए ।


Advertisment
Nabil box
Kumari

८ कक्षामा अध्ययनरत स्पर्शी खरेलले देशका विभिन्न स्थानहरूमा कहाँ कस्ता समस्याहरू छन् भन्ने ज्ञान पाएको बताइन् । उनले संसद् बैठकबाट अनुशासनको महत्त्वबारे पनि थाहा पाएको प्रतिक्रिया दिइन् ।

Vianet communication
Laxmi Bank

अक्सिडेन्टल स्कूलमा नेपाली विषय प्राध्यापनरत शिक्षक तुलसीप्रसाद घिमिरेले विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा संसद बैठक देखाउँदा पढाउन सजिलो हुने बताए । उनले बजेट निर्माण कसरी हुन्छ र सरकार कसरी चल्छ भन्ने कुरा संसदमा आएर देखाउन पाउनु गौरवको अवसर भएको पनि उल्लेख गरे ।

उनले विद्यार्थीलाई प्रतिनिधिसभा बैठकमा ल्याउनुले शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुग्ने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x