०५ साउन २०८३, मंगलबार

शोभितको फिल्म ‘बद्री बहादुर’ असार २९ मा आउने

जेठ २६, २०८०
काठमाडौं
शोभितको फिल्म ‘बद्री बहादुर’ असार २९ मा आउने

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रवार सार्वजनिक  गरिएको छ । 

यो फिल्म साउने सङ्क्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । 

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिलममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ । 

समीर मिया सह–निर्माता रहेको फिल्ममा सलोन बस्नेत र पूजा शर्माको विशेष भुमिकामा अभिनय छ । 

फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ । 

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ । 

विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । फिल्मको वितरण आरआर फिल्मले गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्