×

NMB BANK
NIC ASIA

दोस्रो जीवन पाएको खुसी बोकेर फर्किए कलेजो दाता एवं ग्रहणकर्ता दम्पती

काठमाडाैं | जेठ २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

केही महिना अगाडिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबुराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुसी बोकेर आज घर फर्किएको छ । 

Muktinath Bank

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा कलेजो दान गर्ने आफ्नै श्रीमती आशा सुनार र शल्यक्रिया गरेर सफल उपचार गर्ने चिकित्सकसहितको टोलीसँग खुसी साट्दै आज सकुशल घर फर्किएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलेजो दाता आशालाई अब श्रीमान्को जीवन यति नै हो कि भन्ने चिन्ताले दिनानुदिन सताएको पीडा आज सफल उपचारपछि घर फर्किंदा सबै पीडा बिर्साएको छ । घर फर्कंदै गरेका विश्वकर्मा आफ्नै कलेजो दान गरेर आफूलाई दोस्रो जीवन दिने श्रीमती आफ्ना लागि जीवनदाता भएको बताए  ।


Advertisment
Nabil box
Kumari

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपित गरेका विश्वकर्मा र कलेजोदाता सुनार दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताए ।

Vianet communication
Laxmi Bank

कलेजो ग्रहणकर्ता विश्वकर्मा र कलेजो दाता सुनारले आफ्नै देशको अस्पतालमा यति ठूलो सेवा लिन पाउँदा अत्यन्त खुशी भएको बताए । 

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको शुरुआत गर्नका साथै केन्द्र स्थापनाको छोटो अवधिमै अङ्गदान र प्रत्यारोपण क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x