०८ साउन २०८३, शुक्रबार

२७–२८ वर्षअघि लेखेको गीत अहिले ल्याएँ : प्रेमराजा महत

जेठ २८, २०८०
काठमाडौं
२७–२८ वर्षअघि लेखेको गीत अहिले ल्याएँ : प्रेमराजा महत

अग्रज लोकगायक प्रेमराजा महतले केही दिनअघि ‘घर हम्रा हुम्ला जुम्लामा’ बोलको गीत सार्वजनिक गरे ।

शान्तिश्री परियारसँग युगल स्वर रहेको गीतले आइतवारसम्म युट्युबमा १ लाख ४० हजार हाराहारी भ्युज बटुलेको छ । ​

प्रेमराजाले आफूले यो गीत धेरै हिट होला भनेर तयार नपारेको बताउँछन् । अन्य गीतहरू भन्दा पृथक यो गीत धेरै वर्षअघि तयार पारेको उनले बताए । 

​‘धेरै वर्ष पहिले रेडियो नेपालमा लोकगीत प्रबन्धक हुँदा पश्चिम भ्रमणको शिलशिलामा सोँचेको गीत हो’ उनले लोकान्तरसँग भने, ‘त्यहाँको ठेट भन्ने होइन् कि त्यहाँको वातावरणलाई हेरेर गीत बनाएको थिएँ ।’ उनले २७/२८ वर्षअघि यो गीत लेखेको स्मरण गरे । 

२० वर्षअगाडि नै गीत एरेन्ज गरेको भएपनि तयार पार्न ढलाइ भएको बताए । ‘यो गीतको भिडियो काठमाडौं, तनहुँ, पोखरामा गरेर हुने थिएन । कर्णाली अञ्चलमै, कर्णाली नदीको सेरोफेरो, जुम्ला–हुम्लाको सेरोफेरोमा सुटिङ गर्ने इच्छा थियो’ उनले भने, ‘अहिले त्यो माहोल मिलाएर जुम्ला पुगेर छायाँकन गरे । सानो टिम लगेर सुटिङ गरिएको थियो ।’ 

आफूले जुन ठाउँका लागि सोचेका थिए, त्यही ठाउँमा पुगेर सुटिङ गर्दा सन्तुष्ट मिलेको प्रेमराजाले बताए । 

गीतलाई लिएर राम्रो प्रतिक्रिया आइरहेका छन् । विशेष गरी जहाँ सुटिङ गरियो, त्यहाँका मानिसहरू धेरै खुशी रहेको प्रेमराजा सुनाउँछन् । उनले डेढ वर्षअघि ल्याएको गीत ‘बन्दिपुरैमा’लाई स्रोता दर्शकले निकै रुचाएका थिए । 

उनले आउँदा दिनमा प्रत्येक वर्ष फरक फरक ठाउँको बारेमा गीत बनाउने इच्छा रहेको बताए । ‘गत वर्ष बन्दिपुरको प्रमोसनका लागि गीत बनाएँ । अहिले जुम्लाको लागि बनाएँ,’ उनले भने, ‘आउँदो वर्ष धनकुटालाई जोडर गीत ल्याउँदैछु । त्यसपछि मुस्ताङको गीत पनि ल्याउँदैछु ।’ 

आफ्ना पछिल्लो गीतको भिडियोमा प्रेमराजा स्वयंम देखिन थालेका छन् । ‘घर हम्रा हुम्ला जुम्लामा’मा उनी मोडल रीना थापासँग प्रस्तुत छन् ।

salt training

कमेन्ट गर्नुहोस्