२० असार २०८३, शनिबार

हिन्दीमा पनि रिलिज भयो ‘परस्त्री’को ट्रेलर

जेठ २८, २०८०
काठमाडौं
हिन्दीमा पनि रिलिज भयो ‘परस्त्री’को ट्रेलर

नेपाली फिल्म ‘परस्त्री’को हिन्दी ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म आगामी असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने भनिएको छ । 

फिल्मको हिन्दी डब ट्रेलरमा पनि नेपाली ट्रेलरकै दृश्यहरू समावेश गरिएको छ । भारतीय युट्युब च्यानल बीफोरयू म्युजिकबाट सार्वजनिक हिन्दी ट्रेलरमा विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याएको पारिवारिक विग्रह र संकटको कथा प्रस्तुत छ । 

गत बिहीबार फिल्मको नेपाली भर्सनको ट्रेलर सार्वजनिक गरिएको थियो । अभिनेत्री शिल्पा मास्केले दिएको बोल्ड सिनलाई लिएर फिल्मको चर्चा भइरहेको छ । 

सुरज पाण्डेको निर्देशन रहेको फिल्ममा शिल्पासँगै कोसिस क्षेत्री, गौरव विष्ट लगायतको अभिनय छ । 

शर्मिला पाण्डेको निर्माण रहेको फिल्मको कथा दीपेन्द्र के. खनालले लेखेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्