०५ साउन २०८३, मंगलबार

सांसद सुनिल शर्मा बने ओशो सन्यासी

असार ३, २०८०
काठमाडौं
सांसद सुनिल शर्मा बने ओशो सन्यासी

 प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।

  बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ ।

  सन्यासी बन्ने क्रममा ‘इगो डाउन’ कार्यक्रम अन्तर्गत सांसद शर्माले आश्रमको सरसफाइसहित आश्रमको शौचालय पनि सफाइ गरेका छन् । सन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको सांसद शर्मा बताउँछन् । अब, चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने सांसद शर्माको भनाई छ ।

   विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्