
कैलालीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका ३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरी छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जाएको छ ।
राहुलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।