१२ असार २०८३, शुक्रबार

दोहोरीगीत प्रतिष्ठान विभाजन भएको छैन : प्रतिष्ठान

असार ३, २०८०
काठमाडौं
दोहोरीगीत प्रतिष्ठान विभाजन भएको छैन : प्रतिष्ठान

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले प्रतिष्ठान विभाजन नभएको स्पष्ट पारेको छ ।

दोहोरीगीत प्रतिष्ठान औपचारिक रुपमै विभाजन भएको भन्दै प्रकाशित समाचार कपोलकल्पित र भ्रामक रहेकाले प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘संस्थाको फुट भएको भन्ने विषय निराधार रहेको र प्रतिष्ठानको कार्यसमितिमा रहेका कसैले पनि संस्था नछोडेको स्पष्ट पार्न चाहन्छौं ।’ प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही संगीतकर्मीहरूले दर्ता गरेको नयाँ संस्थाको विषयलाई हाम्रो गौरवमय एकीकृत संस्थासँग जोडेर अतिरञ्जित नगरिदिनुहुन सबैलाई अनुरोध गर्न चाहन्छौं ।’

मौलिक लोक सङ्गीत र लोकदोहोरी क्षेत्रको उन्नयनका लागि सधैँभरि एकताबद्ध रहने प्रतिष्ठानले प्रतिबद्धता जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्