२८ जेठ २०८३, बिहीबार
गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग

पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा

असार ११, २०८०
काठमाडौं
पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

ढकालविरुद्ध १ करोड ४४ लाख गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

ढकालको १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

आयतर्फ स्रोत खुलेको ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ तथा खर्चतर्फ ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । 

अख्तियारका प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको उल्लेख छ ।

साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रूपमा उक्त रकम बराबरको सम्पत्ति आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्