२८ जेठ २०८३, बिहीबार

विनानिष्कर्ष सकियो न्याय परिषद् बैठक, न्याय सेवा आयोगले गर्‍यो सात उपसचिवको पदस्थापन

असार ११, २०८०
काठमाडौं
विनानिष्कर्ष सकियो न्याय परिषद् बैठक, न्याय सेवा आयोगले गर्‍यो सात उपसचिवको पदस्थापन

न्याय परिषद् सचिवालयको बैठक विनानिष्कर्ष सकिएको छ । सोमवार बसेको परिषद् बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि निर्णय भने हुन सकेन । 

न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार आउँदो बुधवार (असार १३ गते) पुनः बैठक बसेर न्यायाधीश नियुक्तिबारे निर्णय हुने छ । 

'आज तीन घण्टा जति न्यायपरिषदको बैठक बस्यो । न्यायाधीश नियुक्तिका विषयमा लामो छलफल पनि भयो । तर, निर्णय भने केही हुन सकेन,' कार्कीले लोकान्तरसँग भने, 'अब पर्सि बुधबार बस्ने बैठकबाट निर्णय होला ।'

न्यायपरिषद बैठक बस्नुअघि न्याय सेवा आयोगको बैठकसमेत बसेको थियो । बैठकले लोकसेवा आयोगबाट उत्तीर्ण भएका ७ जना उपसचिवहरूलाई नियुक्ति दिनुका साथै पदस्थापन गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।

३ जना उपसचिवहरूलाई सर्वोच्च अदालत, एक जनालाई कोशी प्रदेश सभा, एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय जुम्ला र एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय डोटीमा पदस्थापन गरिएको उनले बताए । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा न्यायपरिषद् तथा न्याय सेवा आयोगको बैठक बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्