१२ साउन २०८३, मंगलबार

प्रकाशले आफूमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई भेटेर सम्झाउँदै माफी दिए [भिडियोसहित]

असार १२, २०८०
काठमाडौं
प्रकाशले आफूमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई भेटेर सम्झाउँदै माफी दिए [भिडियोसहित]

गायक प्रकाश सपूतले रोमानियाको कार्यक्रममा आफूमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई माफी दिएका छन् । ति व्यक्तिलाई भेटेर सम्झाउँदै उनको भविष्य नराम्रो नहोस् भनेर आफ्नो तर्फबाट माफी दिएको प्रकाशले बताएका छन् । 

उनले ति व्यक्तिलाई प्रहरीमा पठाउने काम नगरिदिनुहुन पनि आयोजकसँग अनुरोध गरेका छन् । 

‘मलाई जति दुखेको छ । मेरो नाकमा पनि दुखेको छ । मेरो मनमा पनि दुखेको छ । सायद, तपाई हामीलाई सुन्न भनेरै कार्यक्रममा जानुभएको होला’ प्रकाशले बोतल प्रहार गर्ने व्यक्तिलाई सम्झाउँदै भने ‘तर, यसले मलाई भन्दा पनि तपाईँको आफ्नो लाइफलाई असर गर्छ । भोलि तपाई नेपाल फर्किनुपर्यो वा जेलमा बस्नुपर्यो भने के हुन्थ्यो भन्नुस् त ।’ 

प्रकाशले यो घटनाले अर्को कार्यक्रममा पनि आफूमाथि बोतल प्रहार हुने हो कि भन्ने भएको बताएका छन् । 

प्रकाश र बोतल प्रहार गर्ने व्यक्तिबीचको कुराकानीको भिडियो गायिका प्रीति आलेले फेसबुकमा सार्वजनिक गरेकी छिन् । 

ति व्यक्तिले माफी माग्दै आफूले कसैको उक्साहटमा नभइ रमाइलो गर्दा घटना घटेको बताएका छन् । ‘म सबैसँग माफी माग्न चाहन्छु । साथीभाइहरुले कसैले पनि यस्तो गल्ती कहिल्यै नगर्नुहोला’ ति व्यक्तिले भनेका छन् । 

आइतवारको कन्सर्टमा प्रकाशले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा दर्शक दीर्घाबाट एक व्यक्तिले क्यान बियरको बोतल प्रहार गरेका थिए । बोतलले प्रकाशको अनुहारमा चोट लागेको थियो ।

कन्सर्टमा प्रस्तुति दिन गायक प्रकाश र गायिका प्रीति नेपालबाट रोमानिया पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्