
असार १५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने भनिएको शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘परस्त्री’ नेपालमा बिहीबार नै रिलिज हुने भएको छ ।
बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’ बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ले शुक्रबारको निर्धारित मिति परिवर्तन गरेको निर्देशक सुरज पाण्डेले जानकारी दिए ।
अब फिल्म भोलिबाटै देशभरका हलमा प्रदर्शनमा आउनेछ ।
शर्मिला पाण्डे निर्माता रहेको यो फिल्ममा शिल्पासँगै कोसिस क्षेत्री र गौरव विष्ट पनि मुख्य भूमिकामा छन् ।
फिल्मले विवाहेत्तर सम्बन्धको कथा प्रस्तुत गर्छ । हिन्दी भाषामा डबिङ गरेर भारतमा समेत प्रदर्शन हुन लागेको फिल्मको हिन्दी भर्सन भने नेपालमा लाग्ने छैन ।
फिल्ममा दीपेन्द्र के. खनालको पटकथा लेखन रहेको छ ।