
गायक अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।
शुक्रवार बेलुका सार्वजनिक ‘बैनै ज्यू दाजै ज्यू’ शीर्षकको गीतमा तेजश रेग्मीको शब्द, अर्जुनकै संगीत एवं सुदीप सागरको संगीत संयोजन छ ।
यो अर्जुन र शान्तिश्रीको ‘डाँडैको टुनी’ गीत हिट भएपछिको सहकार्य हो ।
दुई महिनाअघि सार्वजनिक उक्त गीतले युट्युबमा ४३ लाख प्लस भ्युज पाइसकेको छ ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार ‘बैनै ज्यू...’मा सागर लम्साल ‘बले’, रुविना अधिकारीसँगै गायक सापकोटा स्वयंले पनि अभिनय गरेका छन् ।
नवराज उप्रेतीको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीत ‘सुशील ज्ञवाली’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अर्जुन र शान्तिश्रीबीच अन्य गीतमा पनि सहकार्य भएको छ, जुन सार्वजनिक हुने तयारीमा छन् ।