×

NMB BANK
NIC ASIA

अन्तर्वार्ता

मलाई निर्देशकको ‘ट्याग’ लगाउनु छैन, ‘बगान’ जत्तिको फिल्म चल्छ : सरोज खनाल [अन्तर्वार्ता]

काठमाडाैं | असार १६, २०८०

NTC
Premier Steels

अभिनेता सरोज खनाल करिअरको उत्कर्षमा रहँदा अमेरिका पसे । १७ वर्ष त्यहाँ बिताए र १ दशकअघि नेपाल फर्किए ।

Muktinath Bank

त्यसयता नेपालमा रहेर फेरि अभिनयमा सक्रिय छन् उनी । यतिबेला उनी फिल्म निर्देशक समेत बनिसकेका छन् । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘बगान’ यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको प्रचारप्रसारमा व्यस्त रहेका सरोजसँग लोकान्तरले गरेको कुराकानीको सम्पादित अंश–


Advertisment
Nabil box
Kumari

‘बगान’ फिल्मको प्रदर्शन मिति नजिकिरहँदा नियमित सेड्यूल कत्तिको प्रभावित बनेको छ ?

Vianet communication

– प्रभावित हुँदो रहेछ । म यो फिल्मको निर्देशक भएका कारण सबै काममा आफैं बस्नुपरेको छ । फर्स्ट कटिङदेखि फाइनल मिक्सिङसम्म आफैं खटिरहेको छु । हुन त मैले असिस्टेन्ट डाइरेक्टरहरू राखेको थिए तर उहाँहरू त्यति अनुभवी पनि नहुनुभएको, फेरि आफूलाई कस्तो लाग्ने भने मैले एकथोक सोचेर काम गरेको, अर्को व्यक्तिले अर्को तरिकाले गरिदिनुभयो भने त्यही काम डबल गर्नुपर्ने हुन्छ । डबल गर्नुभन्दा आफैं बस्छु सबै काममा भनेर गीतको रेकर्डिङदेखि लिएर ब्याक ग्राउन्ड म्युजिक, मिक्सिङ, कलरिङ सबैमा आफैं बसेको छु । यसकारण अरु कामहरू केही पनि गर्न पाएको छैन । बाहिरबाट आएका अफरहरू पनि लिएको छैन । परिवारलाई पनि समय कम दिनु परिरहेको छ ।

खासमा ‘बगान’ सर्ट फिल्म भनेर शुरू गरिएको थियो है ! कसरी फिचर फिल्म बन्यो ?

– हामीले सर्ट फिल्म बनाउने भनेरै शुरू गरेका थियौं । कथा पनि त्यति लामो थिएन । जम्मा ४ पेजको कथा थियो । राइटरले लेख्दा सबस्टोरीहरू थिएन । कुनै क्यारेक्टर चाहियो, त्यो क्यारेक्टरलाई ल्याउनुभएको थियो तर फिल्ममा त्यस्तो हुँदैन, कुनै पनि क्यारेक्टरको ब्याक स्टोरी हुन्छ । फरदर अगाडि उसले के गर्ने भन्ने हुन्छ । हामीहरूले शुरू गर्दा यसलाई लगभग १ घण्टाको जति बनाएका थियौं तर त्यसमा धेरै कुराहरू मिसिङ भइरहेको थियो । म आफैंलाई पनि लागिरहेको थियो, यसमा पछि प्रश्न उठ्छ ।

फिल्म ९–१० दिन सुटिङ गरेर जति खिचेका थियौं, सम्पादन गर्न बसिसकेपछि राम्रो बनेको लाग्यो । त्यसपछि बच्चैदेखिको साथी विकासराज आचार्य (निर्देशक) लगायतलाई बोलाएर भिडियो देखाएँ । उहाँहरूले पनि यसमा सब–स्टोरीहरू मिसिङ छ, यसलाई थप्ने ठाउँ थुप्रै छ, ठूलो फिल्म बनाउँदा हुन्छ भन्नुभयो । यसमा मैले एक्लै निर्णय गर्ने कुरा आएन, कलाकारहरूलाई पनि सोधें । सबै जनाले गरौं, राम्रो विषयमा छ, यत्तिको फिल्म ल्याउनुपर्छ भन्नुभयो । यूट्युबमा अथवा ओटीटी प्लेटफर्ममा मात्र राखेर हुँदैन भनेपछि हामीले लगभग ५० मिनेट अरु थप्यौं । पहिले जम्मा एउटा गीत थियो, अहिले ३ वटा गीत छ । अलिकति कमर्सियल तरिकाले पनि गयो फिल्म । किनभने फिल्म हेर्दा एकोहोरो म्यासेज मात्रै पेलिदियो भने दर्शकलाई मोनोटोनस हुन्छ । आकाश श्रेष्ठको पहिले थोरै रोल थियो, उसको रोल थप्यौं । बाँकी क्यारेक्टरहरूको ब्याक स्टोरीहरू थप्दा फिल्म १ घण्टा ५० मिनेटको भएको छ ।

‘बगान’ कस्तो फिल्म हो ?

– यो बिशुद्ध नारी प्रधान फिल्म हो । सिंगल मदरहरूको कथा हो । नेपालमा लाखौं सिंगल मदर हुनुहुन्छ । त्यसमध्ये कति विधुवा, कति डिभोर्सी । आफ्नो खुशी नहेरिकन सन्तानका लागि समर्पित एकल आमाहरू थुप्रै हुनुहुन्छ, उहाँहरूलाई डेडिकेट गरेर बनाएको फिल्म हो । आमाबुवाले त आफ्नो सन्तान हो भनेर माया गर्छन्–गर्छन्, सन्तानको पनि दायित्व हुन्छ नि त ! त्यो दायित्व के हो भन्ने कुरा फिल्ममा म्यासेजको रूपमा छ । त्योभन्दा अझ महत्त्वपूर्ण म्यासेज के छ भने शिक्षाको महत्त्व फिल्ममा देखाउन खोजिएको छ । शिक्षाले मान्छेमा के परिवर्तन ल्याउँछ ? त्यो सन्देश फिल्ममा छ ।

nullव्यावसायिक र समीक्षात्मक रूपमा कस्तो रेस्पोन्सको अपेक्षा गर्नुभएको छ ?

– मलाई यत्तिको फिल्म चल्छ जस्तो लाग्छ । किनभने यो घरघरको कथा हो । प्रायः घरमा कोही न कोही आमा वा बुहारी वा छोरीले भोगेको समस्या हो । शुक्रवार फिल्म रिलिज हुन्छ, यस फिल्मले अरु फिल्मले जस्तो बम्पर ओपनिङ नगर्ला तर जसरी ‘जारी’ फिल्म चल्यो नि, यो फिल्म पनि त्यसरी बिस्तारै चल्छ जस्तो लाग्छ । मेरो फिल्म जसले हेर्छ, नराम्रो भन्दैन भन्ने पूर्ण विश्वास छ । 

३ दशकभन्दा अगाडिदेखि अभिनयमा सक्रिय व्यक्ति, निर्देशक पनि बन्ने सोच चाहिँ कसरी आयो ?

– खासमा मलाई निर्देशक बन्न त्यति रहर होइन । रहर के मात्रै हो भने कुनै पनि कथाहरू मैले यसरी भन्न पाएँ भने यो तरिकाले भन्थें होला भन्ने सोच मात्रै हो । मलाई निर्देशकको ट्याग लगाउनु छैन । किनभने म कलाकारितामै रमाउने मान्छे हो । 

विगतमा अरुअरुको निर्देशनमा अभिनय गर्दा यसरी किन गर्‍या होला, यसरी किन नगरेको होला भन्ने मेरो मनमा खेलिरहेको हुन्थ्यो तर अरुको सुटिङमा गएर ओभरटेक गरेर बोल्ने कुरा पनि आउँदैछ । त्यो मेरो बानी पनि छैन । कतिपय कलाकारले स्क्रिप्ट पनि परिवर्तन गर्नु हुँदो रहेछ तर म त्यस्तो खालको कलाकार होइन । सुटिङमा जाने निर्देशकले जे भन्नुहुन्छ, त्यो राम्रोसँग गर्ने हो तर मनमा एउटा कौतुहलता चाहिँ सधैं हुन्थ्यो, किन यसरी खिचिरहेको होला, राम्रो त यसरी हुन्छ भन्ने लाग्थ्यो ।

फिल्ममा क्यारेक्टरको छनोट हेर्दा पनि कहिलेकाहीँ चित्त बुझ्दैन्थ्यो । त्यो कलाकार नभए त्यो, त्यो नभए त्यो भन्ने सोच हुन्थ्यो । जुन अहिले पनि यथावत छ तर मैले यो फिल्ममा एकै सिन किन नहोस्, सोचेकै कलाकारलाई अभिनय गराएको छु । म आफूलाई निर्देशकभन्दा पनि एउटा सूत्रधार जस्तो, स्टोरी टेलरको रूपमा स्थापित गर्न खोजेको हुँ ।

nullअभिनय मात्रै गर्दा र निर्देशकको भूमिका पनि निर्वाह गर्दाको अनुभव चाहिँ कस्तो हुँदो रहेछ ?

– एकदमै गाह्रो । म सबै निर्देशकहरूलाई सेलुट गर्छु । मेरो केसमा के हो भने फिल्ममा जति पनि कलाकारहरू हुनुहुन्छ, आकाश श्रेष्ठ र प्रमिला कार्कीबाहेक सबै कलाकारहरू मभन्दा सिनियर हुनुहुन्छ । बसुन्धरा दिदी (भुसाल) ले फिल्म खेल्दा म जम्मा ३ वर्षको थिएँ । 

नीर शाह मेरो आइडल नै हुनुभयो । मिथिला (शर्मा) दिदी पनि फिल्ममा हुनुभयो । करिश्मा (मानन्धर) जीले मभन्दा १–२ वटा फिल्म पहिले खेल्नुभएको हो । 

मैले उहाँहरूलाई फिल्मको अफर गर्दा सबै कलाकारहरू स्टोरी पनि नसोधिकन ओके हुनुभएको थियो । त्यो उहाँहरूले ममाथि गर्नुभएको विश्वास थियो । मलाई समस्या के भयो भने जसलाई हेरेर म हुर्किएको छु, जसलाई आइडल मानेर म अभिनय क्षेत्रमा आएँ, त्यो व्यक्तिलाई भोलि मैले कसरी अभिनय सिकाउने होला ? यो फिल्मको स्क्रिन प्ले, डाइलग सबै मैले गरेको हो । उहाँहरूलाई मैले कसरी निर्देशन गर्ने होला भन्ने लागेको थियो तर चलाखी के गरे भने मैले अभिनय कसैलाई पनि सिकाएन, उहाँहरूलाई सिर्फ चरित्र बुझाइदिएँ ।

उहाँहरूलाई अभिनय गर्न आउँदैन भन्ने सवाल नै भएन, उहाँहरूलाई चरित्र बुझाएर तपाईंको क्यारेक्टर यो हो, हामी यो ट्रयाकमा हिँड्ने भनेर बुझायो भने मलाई सजिलो होला भनेर त्यो बाटो अपनाएको थिएँ । त्यसले काम पनि गर्‍यो । मैले यो फिल्ममा अलि धेरै मेहनत गरेको भनेको आकाश र प्रमिलाजीको क्यारेक्टरमा हो । उहाँहरूले पनि राम्रो अभिनय गर्नुभएको छ । अभिनय पनि, निर्देशन पनि गर्दा आफ्नो क्यारेक्टरमा चाहिँ चिप्लिँदो रहेछ । किनभने आफ्नो क्यारेक्टरभन्दा अरुको क्यारेक्टरलाई ध्यान दिइँदो रहेछ । अरुअरुको फिल्म खेल्दा, अरुको निर्देशनमा खेल्दा आफ्नो क्यारेक्टरमा फोकस गरिन्थ्यो । अहिले त मेरोभन्दा उहाँको राम्रो हुनुपर्छ भन्नेमा गएँ । आफूलाई भन्दा अरु कलाकारहरूलाई फोकस गर्दा आफ्नो क्यारेक्टर चिप्लिएको हो कि भन्ने अनुभव गरें । सोहीकारण अब आफूले निर्देशन गर्ने फिल्ममा कि राम्रो असिस्टेन्ट निर्देशक राखेर मात्र अभिनय गर्ने कि आफूले अभिनय नगर्ने सोचेको छु ।

nullभनेपछि यहाँको निर्देशन यात्रा निरन्तर अगाडि बढ्छ ? 

– फिल्म निर्देशन गर्ने हो तर म एकदमै कमर्सियल फिल्म बनाउन सक्दिनँ, जसरी अहिले लभ, फाइट, नाचगान खालको फिल्महरू नेपाली बजारमा बनिरहेको छ । मैले बनाउने भनेको म्यासेज पनि दिने र साथसाथै दर्शकलाई इन्टरटेन गराउने किसिमको फिल्महरू गर्ने विचारमा छु । अहिले एउटा स्क्रिप्टमा काम पनि गरिरहेका छौं, विकासराज आचार्य र म । सम्भवतः हामी २ जना मिलेर नै फिल्मलाई निर्देशन गर्छौं होला ।

राजेश हमाललाई लिएर फिल्म बनाउने भन्ने चर्चा पनि आएको थियो ? 

– हो । सोही स्क्रिप्टमा काम गरिरहेका हौं । अस्तिसम्म २८ सिन स्क्रिप्टिङ भइसकेको छ । विकासराजजीले हरेक १२–१२ सिन मलाई पठाउनुभएको छ । यस फिल्ममा हामीले लिडमा राजेशजीलाई सोचेको हो तर उहाँले काम गर्नुहुन्छ वा गर्नु हुँदैन, त्यो पछिको कुरा भयो । फिल्ममा अर्को क्यारेक्टर शिव श्रेष्ठ दाइलाई सुहाउने खालको छ । त्यो पनि मेन क्यारेक्टरमै पर्छ । यस फिल्ममा सम्भवतः म खेल्दिनँ होला ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x