२१ असार २०८३, आइतबार

‘हात्तीछाप’को वर्कसपमा जोडिए कलाकार, बिहीवारदेखि छायांकन हुने

असार १८, २०८०
काठमाडौं
‘हात्तीछाप’को वर्कसपमा जोडिए कलाकार, बिहीवारदेखि छायांकन हुने

सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को वर्कसप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कसपमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, उपासना सिंह ठकुरीलगायत सहभागी छन् । 

४ दिन वर्कसप गरेपछि फिल्मको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । 

उनका अनुसार फिल्म सामाजिक कथावस्तुमा तयार हुनेछ । यो फिल्मको छायांकन असारको २१ गते अर्थात आउँदो बिहीवारबाट सुरु हुँदैछ । फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । प्रदीप र सिमोस केही दिन बुढानिलकण्ठको एक होटलमा बसेर फिल्मको कथा फाइनल गरेका थिए । 

यो फिल्ममा नायक सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । तर, सौगातले भने फिल्मको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नेछन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन रहनेछ । 

फिल्ममा दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रवीन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ । 

काठमाडौं र पोखरामा फिल्मको छायांकन हुने निर्माणपक्षले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्