०४ साउन २०८३, सोमबार

एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर : अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड नि:शुल्क

असार १८, २०८०
काठमाडौं
एनएमबि बैंकले ल्यायो दुई आकर्षक अफर : अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्ड नि:शुल्क

एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरूले eNMB एप र वेबमार्फत् नेपालको जुनसुकै बैंक खातामा नि:शुल्क रकम ट्रान्स्फर गर्न सक्ने बैंकले जनाएको छ । अफर श्रावण मसान्तसम्म लागू हुनेछ ।

चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्न यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने बैंको विश्वास छ । 

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरूलाई नि:शूल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ । 
एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्कविना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । 
 
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्