०७ असार २०८३, आइतबार

‘बगान’ फिल्मको ट्रेलर सार्वजनिक, एकल आमाको भूमिकामा करिश्मा

असार २०, २०८०
काठमाडौं
‘बगान’ फिल्मको ट्रेलर सार्वजनिक, एकल आमाको भूमिकामा करिश्मा

अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । 

बुधवार राजधानीमा एक कार्यक्रमकाबीच सामाजिक कथामा निर्माण भएको फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।

यो एकल महिलाको कथावस्तुमा निर्माण भएको फिल्म हो । एकल आमाको जीवनमा खुशी ल्याउनका लागि छोरीले गरेको प्रयासको कथावस्तु ट्रेलरमा हेर्न सकिन्छ । 

फिल्ममा अभिनेत्री करिश्मा मानन्धरले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । उनको छोरीको भूमिकामा प्रमिला कार्की प्रस्तुत छिन् । प्रमिलाको यो डेब्यु फिल्म हो । 

फिल्ममा सरोज खनाल, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको समेत अभिनय छ । 

स्वप्निल नीरवको कथा रहेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् ।

यही असारको २९ गतेबाट फिल्म प्रदर्शनको तयारीमा छ ।

कमेन्ट गर्नुहोस्