२३ असार २०८३, मंगलबार

रबिन तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

असार २४, २०८०
काठमाडौं
रबिन तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

रक गायक तथा अभिनेता रबिन तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

आइतवार बिहान​ नक्सालस्थित​ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको श्रद्धाञ्जली सभामा​ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले दिवंगत तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ४ का सांसद गगन थापा पनि नक्साल पुगेका थिए । 

संगीत तथा फिल्म क्षेत्रका थुप्रै कलाकारहरू समेत तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए । 

अन्तिम श्रद्धाञ्जलीपश्चात उनको शवलाई अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभाभगवतीमा लगिएको छ । तामाङ परम्पराअनुसार उनको दाहसंस्कार गरिने जनाइएको छ । 

चर्चित रक गायक तामाङ गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा मृत अवस्थामा फेला परेका थिए ।

थुप्रै हिट गीतका गायक तामाङ पछिल्लो समय फिल्म अभिनयमा समेत सक्रिय थिए ।

salt training

कमेन्ट गर्नुहोस्