×

NMB BANK
NIC ASIA

शृंखलाबद्ध चोरी

चोरीको बाइक चढेर सुन चोर्ने धन्दा : 'टार्गेट'मा 'मर्निङ वाक' गर्ने महिला [भिडियोसहित]

डेढ महिनाअघि हिरासतमा भेटेको साथीसँग मिलेर शृंखलाबद्ध चोरी

काठमाडाैं | असार २४, २०८०

NTC
Premier Steels

'मर्निङ वाक'मा निस्किने महिलाहरूको सुन लुट्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका उनीहरूलाई आज (आइतवार) काठमाडौंमा पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो । 

Muktinath Bank

उनीहरूले असार महिनामा मात्रै ८ जनबाट सुन लुटेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप लिखु गाउँपालिका–१ दुरागाउँका ३२ वर्षीय रविन दामाई, सुनसरीको उपमहानरपालिका–८ का १८ वर्षीय रवी विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ का ३० वर्षीय राहुल माझी र भारतको मेदनीपुर का ४२ वर्षीय श्रीकान्ता माईती रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेकाहरूमा केही वैशाख महिनामा सुन चोरी र बाइक चोरीमा प्रहरी हिरासतमा बसेका व्यक्तिहरू छन् । अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार रविन दमाई र उमेश क्षेत्री प्रहरी वृत बानेश्वरको हिरासतमा रहेका थिए । त्यहाँबाट छुटेर उनीहरू फेरि चोरीमा लागेका हुन् । दमाई सुन चोरी र क्षेत्री बाइक चोरीमा धरौटीमा छुटेका थिए । 


Advertisment
Nabil box
Kumari

‘उनीहरू यसभन्दा अगाडि पनि अपराध गरेको देखिएको छ,’ एसएसपी केसीले पत्रकार सम्मेलनमा भने ।

Vianet communication

चोरसम्म कसरी पुग्यो प्रहरी ?

असार १ बिहान पौने ५ बजेतिर काठमाडौं महानरपालिका–६ कपुरधारामा ४६ वर्षीया रमा पाण्डे मर्निङवाक निस्केको बेला मोटरसाइकलमा आएका २ जनाले १ तोलाको सुनको सिक्री लुटेर फरार भए । लुटिएको खबर आएपछि प्रहरीले नजिकै भएको सुन पसलको कोल्जसर्किट टेलिभिजन (सीसीटीभी) अनुसन्धान गर्दा कालो रङको हुडी, कालो रङको ट्राउजर र कालो रङको फित्ता भएको चप्पल लगाएको पुरूष व्यक्तिले पैदल र हरियो रङको हेल्मेट, कालो ज्याकेट, खरानी रङको पाइन्ट र सेतो जुत्ता लगाएका २ जनाले केटीएम डुक माइकमा आएर सुन लुटेको देखियो ।

सोही दिन काठमाडौंको टोखा नगरपालिका–६ ग्राण्डी नजिक मर्निङवाकमै निस्केकी ४५ वर्षीया सरस्वती खतिवडाको पनि १ तोलाको सुनको सिक्री लुटियो । त्यहाँ पनि २ जना व्यक्ति र त्यही नै हुलिया मा देखिए ।

फेरि असार ३ गते नागार्जुन नगरपालिका–५ बुद्धचोकमा मर्निङवाकमै निस्केकी ५५ वर्षीया रेखा घिमिरेलाई मोटरसाइकलमा आएका २ जना व्यक्तिहरूले लुटेको घटना घट्यो । त्यहाँ पनि प्रहरीले सीसीटीभी अनुसन्धान त्यही हुलिया भएका व्यक्तिहरूनै भएको देखियो । 

यसैगरी नै, असार १३ गते टोखाको विष्णुमति पुलमा मंगलि माया डंगोलको १ तोला सुन, असार १९ गते टोखा नगरपालिका–४ कृष्ण मन्दिरमा ३४ वर्षीया गंगा राना मगरको १ तोला सुन, काठमाडौं नगरपालिका–३ चक्रपथ बंगलामुखी मन्दिर नजिक ६० वर्षीया कान्छी श्रेष्ठको आधा तोला सुन, सार २० गते टोखा नगरपालिका–३ शेर्पा पेट्रोल पम्प नजिकै ४३ वर्षीया रिता श्रेष्ठको झण्डै १ तोला सुन र २० गते नै काठमाडौं महानगरपालिका–१५ चागल जनेसवा मार्घमा ६५ वर्षीया सरस्वती डंगोलको सवा तोला सुन लुटपाट भयो। 

यी सबै घटनामा त्यही नै हुलिया भएका र डुक बाइक प्रयोग भएको सीसीटीभी फुटेजमा देखा पर्‍यो । त्यसपछि अपराध अनुसन्धान कार्यालयले बिहान भएका श्रृङ्खलाबद्ध घटनालाई अनुसन्धान गर्दा यी सबै घटना रविन दमाई र रवि विश्वकर्मा संलग्नता रहेको देखियो ।

प्रहरीले उनीहरूको खोजी गर्‍यो । सीसीटीभी फुटेजको अनुसन्धान गर्दा बूढानीलकण्ठ नगरपालिका र उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेर उनीहरूलाई सार्वजनिक गरेको छ ।

उनीहरूले लुटेको सुन न्यूरोडमा लगेर बिक्री गर्दै आएका थिए । प्रहरीका अनुसार रवि विकले बिहान सिक्री लुट्न जाँदा मोटरसाइकल चलाउने, रविन धामीले सिक्री तान्ने र उनीहरूलाई मोटरसाइकल व्यवस्थापन गर्ने काम उमेश क्षेत्रीले गर्दै आएको थिए । 

एसएसपी मनोज केसीका अनुसार त्यो सुन राहुल माझीले बिक्री गर्ने गरेको र तयो सुन श्रीकान्त मैथीले खरिद गरेको बताए । उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि चोरीको भएको तथ्य खुलेको छ । उनीहरूले चोरी भएको मोटरसाइकललाई फरक–फरक नम्बर प्रयोग गर्ने गरेको एसएसपी केसीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x