०२ असार २०८३, मंगलबार
शृंखलाबद्ध चोरी

चोरीको बाइक चढेर सुन चोर्ने धन्दा : 'टार्गेट'मा 'मर्निङ वाक' गर्ने महिला [भिडियोसहित]

डेढ महिनाअघि हिरासतमा भेटेको साथीसँग मिलेर शृंखलाबद्ध चोरी
असार २४, २०८०
काठमाडौं
चोरीको बाइक चढेर सुन चोर्ने धन्दा : 'टार्गेट'मा 'मर्निङ वाक' गर्ने महिला [भिडियोसहित]

'मर्निङ वाक'मा निस्किने महिलाहरूको सुन लुट्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका उनीहरूलाई आज (आइतवार) काठमाडौंमा पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो । 

उनीहरूले असार महिनामा मात्रै ८ जनबाट सुन लुटेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप लिखु गाउँपालिका–१ दुरागाउँका ३२ वर्षीय रविन दामाई, सुनसरीको उपमहानरपालिका–८ का १८ वर्षीय रवी विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ का ३० वर्षीय राहुल माझी र भारतको मेदनीपुर का ४२ वर्षीय श्रीकान्ता माईती रहेका छन् । 

पक्राउ परेकाहरूमा केही वैशाख महिनामा सुन चोरी र बाइक चोरीमा प्रहरी हिरासतमा बसेका व्यक्तिहरू छन् । अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार रविन दमाई र उमेश क्षेत्री प्रहरी वृत बानेश्वरको हिरासतमा रहेका थिए । त्यहाँबाट छुटेर उनीहरू फेरि चोरीमा लागेका हुन् । दमाई सुन चोरी र क्षेत्री बाइक चोरीमा धरौटीमा छुटेका थिए । 

‘उनीहरू यसभन्दा अगाडि पनि अपराध गरेको देखिएको छ,’ एसएसपी केसीले पत्रकार सम्मेलनमा भने ।

चोरसम्म कसरी पुग्यो प्रहरी ?

असार १ बिहान पौने ५ बजेतिर काठमाडौं महानरपालिका–६ कपुरधारामा ४६ वर्षीया रमा पाण्डे मर्निङवाक निस्केको बेला मोटरसाइकलमा आएका २ जनाले १ तोलाको सुनको सिक्री लुटेर फरार भए । लुटिएको खबर आएपछि प्रहरीले नजिकै भएको सुन पसलको कोल्जसर्किट टेलिभिजन (सीसीटीभी) अनुसन्धान गर्दा कालो रङको हुडी, कालो रङको ट्राउजर र कालो रङको फित्ता भएको चप्पल लगाएको पुरूष व्यक्तिले पैदल र हरियो रङको हेल्मेट, कालो ज्याकेट, खरानी रङको पाइन्ट र सेतो जुत्ता लगाएका २ जनाले केटीएम डुक माइकमा आएर सुन लुटेको देखियो ।

सोही दिन काठमाडौंको टोखा नगरपालिका–६ ग्राण्डी नजिक मर्निङवाकमै निस्केकी ४५ वर्षीया सरस्वती खतिवडाको पनि १ तोलाको सुनको सिक्री लुटियो । त्यहाँ पनि २ जना व्यक्ति र त्यही नै हुलिया मा देखिए ।

फेरि असार ३ गते नागार्जुन नगरपालिका–५ बुद्धचोकमा मर्निङवाकमै निस्केकी ५५ वर्षीया रेखा घिमिरेलाई मोटरसाइकलमा आएका २ जना व्यक्तिहरूले लुटेको घटना घट्यो । त्यहाँ पनि प्रहरीले सीसीटीभी अनुसन्धान त्यही हुलिया भएका व्यक्तिहरूनै भएको देखियो । 

यसैगरी नै, असार १३ गते टोखाको विष्णुमति पुलमा मंगलि माया डंगोलको १ तोला सुन, असार १९ गते टोखा नगरपालिका–४ कृष्ण मन्दिरमा ३४ वर्षीया गंगा राना मगरको १ तोला सुन, काठमाडौं नगरपालिका–३ चक्रपथ बंगलामुखी मन्दिर नजिक ६० वर्षीया कान्छी श्रेष्ठको आधा तोला सुन, सार २० गते टोखा नगरपालिका–३ शेर्पा पेट्रोल पम्प नजिकै ४३ वर्षीया रिता श्रेष्ठको झण्डै १ तोला सुन र २० गते नै काठमाडौं महानगरपालिका–१५ चागल जनेसवा मार्घमा ६५ वर्षीया सरस्वती डंगोलको सवा तोला सुन लुटपाट भयो। 

यी सबै घटनामा त्यही नै हुलिया भएका र डुक बाइक प्रयोग भएको सीसीटीभी फुटेजमा देखा पर्‍यो । त्यसपछि अपराध अनुसन्धान कार्यालयले बिहान भएका श्रृङ्खलाबद्ध घटनालाई अनुसन्धान गर्दा यी सबै घटना रविन दमाई र रवि विश्वकर्मा संलग्नता रहेको देखियो ।

प्रहरीले उनीहरूको खोजी गर्‍यो । सीसीटीभी फुटेजको अनुसन्धान गर्दा बूढानीलकण्ठ नगरपालिका र उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेर उनीहरूलाई सार्वजनिक गरेको छ ।

उनीहरूले लुटेको सुन न्यूरोडमा लगेर बिक्री गर्दै आएका थिए । प्रहरीका अनुसार रवि विकले बिहान सिक्री लुट्न जाँदा मोटरसाइकल चलाउने, रविन धामीले सिक्री तान्ने र उनीहरूलाई मोटरसाइकल व्यवस्थापन गर्ने काम उमेश क्षेत्रीले गर्दै आएको थिए । 

एसएसपी मनोज केसीका अनुसार त्यो सुन राहुल माझीले बिक्री गर्ने गरेको र तयो सुन श्रीकान्त मैथीले खरिद गरेको बताए । उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि चोरीको भएको तथ्य खुलेको छ । उनीहरूले चोरी भएको मोटरसाइकललाई फरक–फरक नम्बर प्रयोग गर्ने गरेको एसएसपी केसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्