
सरकारले नेपालको राजनीतिक/सैद्धान्तिक, नेपाली समाजको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधिका क्षेत्रमा खोज, अनुसन्धान एवं लेखनमार्फत योगदान पुर्याउने तीनलाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ प्रदान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज (सोमवार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार प्रदान गरेका हुन् । राजनीतिक/सैद्धान्तिक विषयगत क्षेत्रमा कमलप्रसाद कोइराला, इतिहास विषयगत क्षेत्रमा बालचन्द्र मिश्र र साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रमा गोपालप्रसाद थपलिया पुरस्कृत भएका हुन् । ती पुरस्कारको राशि प्रतिव्यक्ति एक लाख रहेको छ ।
सरकारले राजनीति, इतिहास र साहित्य, संस्कृति एवं विज्ञान विषयगत क्षेत्रमा खोज, अनुसन्धान गरी मुलुकको विकास, समृद्धि र सम्वद्र्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।