२० असार २०८३, शनिबार

‘सक्किगोनि’बाट बाहिरिएकी हुन् ‘मुन्नी’ ?

असार २५, २०८०
काठमाडौं
‘सक्किगोनि’बाट बाहिरिएकी हुन् ‘मुन्नी’ ?

लोकप्रिय नेपाली हास्य टीभी सिरियल ‘सक्किगोनि’को गत जेठदेखि तेस्रो सिजन प्रसारणमा आयो । केही समय रोकिएर प्रसारणमा आएको नयाँ सिजनको ७ भाग दर्शकहरुले हेरिसकेका छन् । 

सिरियलका लोकप्रिय अधिकांश पात्र नयाँ सिजनमा देखिँदा ‘मुन्नी’ अर्थात प्रियना आचार्य भने कुनै पनि भागमा देखिएकी छैनन् । लामो समयदेखि सिरियलमा नआउँदा उनी ‘सक्किगोनि’बाट बाहिरिएकी त होइनन् ? भन्ने दर्शकमा कौतूहलता देखिएको छ । 

सिरियलका लेखक एवं निर्देशकमध्येका एक कुमार कट्टेल ‘जिग्री’ले आगामी भागबाट ‘मुन्नी’लाई दर्शकले हेर्न पाउने बताए ।

‘उहाँ व्यक्तिगत काममा व्यस्त हुनुपरेका कारण सिरियलमा नदेखिनुभएको हो’ कट्टेलले भने, ‘सम्भवतः आउने एपिसोडबाट उहाँको इन्ट्री हुन्छ ।’ 

सिरियललाई कुमार र अर्जुन घिमिरे ‘पाँडे’ले संयुक्तरुपमा लेखक एवं निर्देशन गर्दै आएका छन् । उनीहरूका साथमा सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोच’, गोविन्द कोइराला ‘जयन्ते’, सीपी पुडासैनी ‘धतुरे’, दीपक आचार्य ‘काकु’ लगायतका चर्चित कलाकारहरूको अभिनय रहँदै आएको छ । 

‘सक्किगोनि’ हरेक बिहीवार बेलुका प्रसारण हुँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्