१६ असार २०८३, मंगलबार

११ महिनामा आधा अर्बको पानी निर्यात

असार २६, २०८०
काठमाडौं
११ महिनामा आधा अर्बको पानी निर्यात

चालुु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म  ५४  करोड  ३२  लाख  १८  हजार  रुपियाँको  ८२  लाख  १७  हजार  ८८३  लिटर  पानी  निर्यात भएको हो ।

 स्वदेशी पानीको माग बढ्दै गएकाले चालुु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै पानी छिमेकी मुलुक भारतमा ५४ करोड २३ लाख ६४ हजार रुपियाँ ८२ लाख ८२२ लिटर निर्यात भएको तथ्याङ्क छ ।

जर्मनी, जापान, युनाइटेड अरब, अस्ट्रेलिया, हङकङ, भुटानमा  स्वदेशी  पानी  निर्यात  भएको  तथ्याङ्क  छ । पछिल्लो समय नियमित रूपमा स्वदेशी उच्च गुणस्तरको पानी विभिन्न देशमा निर्यात हुने गरेको खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्