०३ साउन २०८३, आइतबार

तीज कार्यक्रमका लागि समीक्षालाई विदेशबाट डिमाण्ड, अस्ट्रेलियामा प्रस्तुति तय

असार २६, २०८०
काठमाडौं
तीज कार्यक्रमका लागि समीक्षालाई विदेशबाट डिमाण्ड, अस्ट्रेलियामा प्रस्तुति तय

गायिका समीक्षा अधिकारी पछिल्लो समय रेकर्डिङमा निकै व्यस्त छिन् । उनले एकैदिन पाँच/सात वटासम्म गीत रेकर्ड गराउने गरेकी छन् । 

रेकर्डिङमा मात्र होइन्, स्टेज कार्यक्रममा पनि उनको सक्रियता क्रमशः बढ्दैछ । विदेशका साङ्गीतिक कार्यक्रमबाट समेत उनको डिमाण्ड हुन थालेको छ । समीक्षाले यस वर्षको तीजमा विदेशमा साङ्गीतिक प्रस्तुति दिने भएकी छन् । अस्ट्रेलियाका दुईवटा कार्यक्रममा उनको प्रस्तुति रहने तय अहिल्यै भइसकेको छ । 

अस्ट्रेलियाको सिड्नी र एलिलेडमा उनको प्रस्तुति रहने तय भइसकेको हो । 

यो कुराको जानकारी उनी स्वयंमले दिएकी हुन् । ‘सिड्नीमा मात्रै हैन तपाई सबैको मनोरञ्जन गर्न एडिलेड आउँदैछु । छिट्टै सबै भेटौँला’ – एलिलेड कार्यक्रमको पोष्टर राख्दै उनले फेसबुकमा लेखेकी छन् । यी दुवै कार्यक्रममा चर्चित लोकगायक पशुपति शर्माको पनि प्रस्तुति रहनेछ । 

समीक्षा केही महिना अघिमात्रै पनि साङ्गीतिक कार्यक्रमको शिलशिलामा अस्ट्रेलिया पुगेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्