
भदौको २९ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको फिल्मको पोस्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ ।
हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ ।
यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्मको पोष्टरमा यी सबै कलाकारहरूको साथमा शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रवीन्द्र झा लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ ।
फिल्ममा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन् । बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ ।
गतबर्ष फिल्म ‘२ नम्बरी’ सुपरहिट दिएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ वर्षकै प्रतिक्षित फिल्ममध्येको हो ।
