२९ असार २०८३, सोमबार
सास्ती लम्बिने संकेत

'ग्वार्को फ्लाइओभर'को काम ५ महिनामै ठप्प: किन गर्न खोजियो 'रि-डिजाइन' ? [भिडियो]

असार २९, २०८०
काठमाडौं
'ग्वार्को फ्लाइओभर'को काम ५ महिनामै ठप्प: किन गर्न खोजियो 'रि-डिजाइन' ? [भिडियो]

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै ग्वार्को 'फ्लाइ ओभर' (ओभरपास) निर्माण कार्य रोकिएको छ ।

निर्धारित गहिराइमा गएर काम गर्ने उपकरण उपलब्ध हुन नसकेको कारण देखाएर निर्माण कम्पनीले रि–डिजाइन गर्न लागेको हो ।

null

'काम गर्न चाहिने इक्विपमेन्ट नेपाल र भारत दुवैतिर उपलब्ध हुन नसकेकाले पहिले पेश भएको डिजाइन रिभ्यु गर्न खोजिएको हो, पूरै काम बन्द भएको हैन,' भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सी.डी.ई. राकेश महर्जनले लोकान्तरसँग भने ।

उनले थपे, 'मुख्य समस्या आएको पायलमा हो । निर्माण कम्पनीले पहिलाभन्दा पायलको संख्या बढाएर गहिराइ घटाउने गरी रिभ्यु गर्न खोजेको छ ।'

null

हाल प्राविधिक टोलीले अध्ययन गरिरहेको भन्दै उनले केही दिनमा नै 'रि-डिजाइन' गरेर काम सुचारु हुने जानकारी दिए ।

काठमाडौं उपत्यकामा बढ्दो सवारी चापका कारण ग्वार्को चोकमा लामो-लामो जाम हुने गरेको छ । जामबाट सर्वसाधारणलाई मुक्ति दिन भन्दै ग्वार्को चोकमा 'फ्लाइ ओभर' निर्माण कार्य शुरूआत गरिएको हो ।

फ्लाइ ओभर निर्माणपछि चक्रपथको सातदोबाटो-बालकुमारी सडक खण्ड र अर्कातर्फ मंगलबजार-इमाडोल-लुभू सडक खण्डमा चल्ने सवारी साधन साधन सहजै ग्वार्को चोक पार गर्न सक्ने अपेक्षा गरिएको छ ।

null

मुख्य लेन बन्द गरेर शुरू गरिएको काम रोकिँदा निर्माण कार्य समयमै सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । काममा ढिलाइ हुँदा यात्रुहरू निकै सास्ती झेल्न बाध्य छन् ।

यसअघि पनि ‘फ्लाइओभर’ निर्माण माघबाट शुरू हुने भनिएकोमा डिजाइन स्वीकृत हुन समय लाग्दा फागुनबाट मात्र शुरू भएको थियो ।

निर्माणको जिम्मा आरसी, समानान्तर र रेलिग्रे जेभीले पाएको छ ।

null

एमएसी वाल प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइमा फ्लाइओभर तयार गर्ने योजना छ । फ्लाइ ओभरको लम्बाइ कुल ४९० मिटर हुनेछ ।

फ्लाइओभर बालकुमारीतर्फ २८० मिटर र सातबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्‍याम निर्माण गरिनेछ ।

null

डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुने सम्झौतामा उल्लेख छ ।

हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर फ्लाइओभर निर्माण गर्न लागिएको हो ।

विस्तृत हेर्नुहोस्,भिडियोमा:

null

null

null

 

कमेन्ट गर्नुहोस्