२६ असार २०८३, शुक्रबार

सहकारीबाट ६५ अर्ब ठगी

साउन १, २०८०
काठमाडौं
सहकारीबाट ६५ अर्ब ठगी

देशभरका  झन्डै  १४  हजार  सहकारीका  बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् ।

 सहकारीपीडित  बचतकर्ता  महासङ्घका  संयोजक  हरिशचन्द्र  श्रेष्ठ  र  संरक्षक  कुशलव  केसीले  देशभरिका  ३२  हजार  सहकारीमध्ये  १४  हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताए ।

संयोजक  श्रेष्ठले  भने,  “अहिलेसम्म  देशैभर ७३ लाख नागरिकको ६५ अर्ब रुपैयाँभन्दा बढी रकम सहकारी सञ्चालकले ठगेको तथ्याङ्क छ । त्यसको ब्याज जोड्नै बाँकी छ । यी सबै नागरिकले न्याय पाउनु पर्छ भनेर हामी आन्दोलनमा होमिएका हौँ ।” गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्